विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानद्धारा अष्ट्रेलिया पराजित

प्रकाशित मिति:

कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो चरणको छनोटमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार भएको खेलमा जापानले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुवाती आठौं मिनेटमा आओ तानकाको गोलमा जापालने अग्रता लिएको थियो। दोस्रो हाफको ७० औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्कायो । एज्दिन हर्स्तितचले फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याए पनि खेलको अन्तिमतीर गनेल गर्दै जापान विजयी बनेको हो। असानोको प्रहार पोस्टमा लागेर फर्केपछि अष्ट्रेलियाका अजिज बेहिचलाई लाग्दै आत्मघाती गोल भएको थियो।जितसँगै जापानको छनोट हुने सम्भावना बढेएको छ। ४ खेल खेलेको जापानको २ जित र २ हारसँगै मात्र ६ अंक छ । पहिलो खेलमा ओमानसँग १–० ले स्तब्ध जापानले दोस्रो खेलमा चीनलाई १–० ले हराएको थियो। गत साता साउदी अरेबियासँग १–० ले पराजित भएपछि जापान समस्यामा परेको थियो।

यस्तै समूह बीमा रहेको अष्ट्रेलिया ४ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ। साउदी अरेबियाको ३ खेलमा ९ अंक छ । जापान ६ अंकसहित तेस्रो स्थानमा छ। ३ खेलमा ३ अंक जोडेका ओमान र चीनले जापानलाई पछ्याइरहेका छन्।