नेपाली काग्रेस बाणगंगा ८ वडा कार्यलयले ग¥यो, बडा दशैको शुभकामना आदान प्रदान कार्यक्रम

प्रकाशित मिति:

कपिलबस्तु २७ असोज । नेपाली काग्रेस बाणगंगा नगरपालिका वडा ८ वडा कार्य समिति कपिलबस्तुको आयोजनामा बडा दशै, तथा तिहारको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रविराज अचार्यले चाडपर्वहरुलाई भडकिलो नबनाई आफनो संस्कृतिको जगेर्ना गर्ने गरि मनाउनुपर्ने बताउँनुभयो । उहाँले सम्पूर्ण नेपालीहरुलाई आफ्नो क्षमता, गच्छता र दिगो हुने गरि मनाउन आग्रह समेत गर्नुभयो । त्यस्तै उहाँले नेपालीहरुको सुख शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त समेत गर्नुभयो । त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी हिमलाल पौडेल, टोप नारयण भण्डारी, ध्रुव कडेल, लक्ष्मी कडेल, विष्णु मल्ल, गिरिराज पौडेल, नोखई थारु लगायतले वडा दशैं तथा तिहारको शुभकामना मन्तव्य दिनुभएको थियो ।
शुभकामना आदन प्रदान कार्यक्रम नेपाली कांग्रेस बाणगंगा ८ का वडा सभपति जगन्नाथ भण्डारीको सभापतित्व, उपसभाति रुक्मागत पन्थीको स्वागत, वडा सह– सचिव काशिराम घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।