कृषि पेसामा रमाएका ठाकुर पाण्डेय

प्रकाशित मिति:

स्याङ्जा : पछील्लो समय युवाहरु कृषी तर्फ आकर्षीत भैरहेका छन् कतीपय युवाहरु विदेश जानु भन्दा नेपालमै केही गर्ने सोचका साथ काम गरीरहेका छन् भने कतीपय युवाहरु विदेशमा गएर काम सिकेर फर्केर कृषी पेसामा लागेका छन् । स्याङ्जाको कालीगण्डकी गाउपालिका वडा ३, सटुकामा युवा व्यवसायी ठाकुर पाण्डेय कृषि कर्ममा रमाईरहनु भएको छ ।
युवा व्यवसायी ठाकुर पाण्डेयले उत्तरबाहिनी कृषि फर्म सन्चालन गरीरहनु भएको छ भनेपसल पनी सन्चालन गरीरहनु भएको छ ।

कृषिमा रमाईरहनु भएका पाण्डेयलाई बिदेश जाने रहर नजागेको होइन तर नेपालमा केही गर्नु पर्छ भन्ने सोच आएपछी युरोपको भिसा त्यागेर विगत ३ वर्ष देखि कृषि तथा कुखुरापालन पेशामा लाग्नुभएको छ ।हाल उत्तरबाहिनी कृषि फर्मका संचालक पाण्डेको फर्ममा लोकल कुखुरा मौसमी तथा बेमौसमी काउली वन्दागोवि र टमाटर तयारी अवस्थामा रहेका छन । साथै ३०० लोकल कुखुरा पनि तयारी अवस्थामा छन् ।

कृषिमा रमाएका युवा व्यवासायी पाण्डेले स्थानीय सरकार गाउपालीका वाट जती सहयोग हुनु पर्ने हो त्यस्तो सहयोग नपाएको वताउनु भयो । प्राविधिक रूपमा मात्रै नभएर आर्थिक रूपमा पनि सरोकारवाला निकायले आवश्यक सरसल्लाह तथा अनुदानका लागि पहल गरेमा आफूलाई सहज हुने उहाको भनाई रहेको छ ।साथै सेवाका लागि उत्तरबाहिनी कृषि फर्म कालीगण्डकी ३ सटुका स्याङ्जाका प्रोपाइटर पाण्डेलाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क ९८५७०४५१४४