पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

प्रकाशित मिति:

१. डबल इन्ट्री बुक-सन् १३४० तिर युरोपका व्यापारीहरुले उनीहरुको हरहिसाब राख्न डबल इन्ट्री बुक प्रयोग गर्न शुरु गरेका थिए । २. १६,००० फोटाहरु-सन् ४ जुलाई १९९७ को दिन मङ्गल ग्रहमा US Mars Pathfinder पुगेको थियो । Pathfinder ले २ दिनपछि Sojorner नामको गुड्ने रोबोट निकाल्यो । त्यो रोबोट सतहमा कुद्थ्यो । Pathfinder र सोजोर्नरले ८३ दिनसम्म मङ्गल ग्रहको सर्वेक्षण गर्ने काम गर्‍यो जम्मा १६,००० भन्दा बढी फोटाहरु खिचेर पृथ्वीमा पठाएको थियो ।

३. प्रदुषित सहर-एक दिनमा ४० वटा चुरोट तान्दा कति खतरनाक हुन्छ ? त्यतिकै खतरनाक भएको छ मेक्सिको शहरको वातावरण ।४. ल्हासा-संसारमा सबैभन्दा अग्लो स्थानमा रहेको शहर ल्हासा हो । यो शहर समुद्री सतहदेखि ११,९७५ फिट अर्थात् ३,६५० मिटर अग्लो स्थानमा अवस्थित छ ।

५. साइकलको सङ्ख्या-संसारमा सबैभन्दा बढी साइकल चीनमा छन् । त्यहाँ ३० करोड साइकल भएको अनुमान गरिएको छ । दोस्रो स्थानमा अमेरिका आउँछ । त्यहाँ १० करोड ३० लाख साइकल छन् । तेस्रो स्थानमा जापान आउँछ । त्यहाँ ६ करोड साइकल छन् । साभारः ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट