विप्लवका दाजु वीरजंगको निधन

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवका दाजु चन्द्र बहादुर चन्द ९वीरजंग० को दुखद निधन भएको छ । सो पार्टीका पूर्वपोलिटब्युरो सदस्य तथा केन्द्रिय सदस्यसमेत रहनु भएका चन्दको गयराति भारतस्थित एक अस्पतालमा ६१ बर्षको उमेरमा निधन भएको पुष्टि भएको हो ।

दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उहाँको निधन भएको पारिवारिक श्रोतले बताएको छ । उहाँका आमा, श्रीमती र दुई छोरा बुहारी छन् । उहाँको निधनमा शोक ब्यक्त गर्दै नेकपाले भोली शोक सभा गर्ने बताइएको छ । भोली उहाँको शव भोली भारतबाट कपिलवस्तु ल्याइने छ । पार्टीका नेता कार्यकर्ता र जनताबीच श्रद्धाञ्जली सभा गरिने बताइएको छ ।

उहाँ २०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मनु भएको थियो ।१० बर्ष जनयुद्धमा लड्नु भएका उहाँ पञ्चायतविरोधी आन्दोलनमा पनि नेतृत्वदायी भूमिकामा रहनु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो। अघिल्लो पटक कोभिड भई कमजोर बनेका उनलाई घाँटी र पेटमा समस्या देखिएको थियो।उहाँलाई गत वैशाखमा ‘थुनामुक्त गरिएको थियो ।