प्रधामन्त्रीको शंका “जसले भ्रष्टाचार गर्दैन भन्छ उही भ्रष्टाचारमा लिप्त”

प्रकाशित मिति:

काठमाडौं मंसिर २३ ।

“भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्छन् तिनै भ्रष्टाचारमा लिप्त देखियो “उनले भने “तर भ्रष्टाचार भइरहेकै छ, गर्छु भन्ने मान्छे भेटेको छैन । तर सानोतिनो भ्रष्टाचार देखिने तर ठूलाठूला भ्रष्टाचार नदेखिएको छ ।’”

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नुहुँदैन भन्नेहरुले बाटै सबैभन्दा बढी भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको अख्तियार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् “भ्रष्टाचार गर्नेहरुले नै ठूलो स्वरमा म भ्रष्टाचार गर्दिन भन्छन् तिनै भ्रष्टाचारमा लिप्त देखियो “उनले भने “तर भ्रष्टाचार भइरहेकै छ, गर्छु भन्ने मान्छे भेटेको छैन । तर सानोतिनो भ्रष्टाचार देखिने तर ठूलाठूला भ्रष्टाचार नदेखिएको छ ।’”

प्रधानमन्त्री ओलीले सबै जनप्रतिनिधि, स्थानीय सरकारको मर्यादा बढोस् भन्ने कामना गर्दै कर्मचारी भ्रष्ट र घुस्याहा भयो भन्ने सन्देश जनतामा पर्न नहुने धारणा राखे ।
प्रधानमन्त्रीले सभ्य र सुसंस्कृत समाज निर्माणको बाधा नै भ्रष्टाचार भएको भन्दै अहिले नै अनुकुल समय भएको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि कानून, शिक्षा, र संरचनाको आवश्यकता छ । त्यो सबै अहिले हामीसँग छ । त्यसकारण अहिले नियन्त्रणका लागि अनुकुल समय छ’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख नवीन घिमिरेले भ्रष्टाचार विरुद्ध एक भएर न्यूनिकरण गर्न गम्भिर बन्नुपर्नेमा जोड दिए ।

घिमिरेले भने “भ्रष्टाचार झन् झन् संस्थागत रुपमा मौलाइरहेको छु सरकार गम्भीर हुन आवश्यक रहेको बताए । घिमिरेले भने ुभ्रष्टाचार वेस्यावृत्ति भन्दा पनि खराब भएको र भ्रष्टाचार गर्ने तरिका पनि फेरिएको छ ।”