माया पिरेम गीतको टिकटक प्रतियोगिताको समय थप, प्रथमलाई १ लाख, १० जनाको हात खाली नहुने

प्रकाशित मिति:

काठमाडौं, १ कार्तिक, नव कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेको माया पिरेम बोलको गीतको म्यूजिक भिडियोमा टिकटक प्रतियोगीताको समय अवधि बढाइएको छ । करिब एक हप्ता अगाडि युट्युबमा सार्बजनिक भएको अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित गीत ‘माया पिरेम’ यतिबेला लोकप्रिय भैरहेको छ । ट्री इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको सो गीतको भिडियोलाई युट्युबमा २१ लाख भन्दा बढी पटक हेरिएको छ । गीतको सफलतासंगै निर्माण टिमले गीतमा टिकटक प्रतियोगिताको आयोजना गरेको हो ।टिकटक प्रयोगकर्ताहरुको अनुरोधमा ट्री ईन्टरटेन्मेन्टले प्रतियोगिताको समय अवधि बढाएको छ । अब २०७८ कार्तिक ५ ९ २२ अक्टोवर २०२१० बाट २०७८ कार्तिक २२ ९८ नोवेम्वर २०२१० सम्मको अवधि थप गरिएको छ । यो अवधिसम्म टिकटक बनाउन सकिने छ । टिकटकमा ट्री इन्टरटेन्मेन्टको यूट्यूबमा गीतको क्लिपहरु राखिएको छ ।

प्रतियोगीहरुले आयोजकले दिएको विभिन्न ह्यास्ट्याहरु प्रयोग गर्दै आफ्नो भिडियो बनाउनु पर्ने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो ५० हजार र तेश्रो हुनेले २५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट १० जनाले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जसको सबै भन्दाबढी भ्यूज र लाईक आउछ उसैलाई बिजेता घोषणा गरिनेछ ।प्रतियोगीले गीतको धेरै भन्दा धैरै टिकटक बनाउन सक्नेछन् जसले गर्दा प्रथम हुन सहयोग मिल्ने छ । सबै भिडियोको भ्यूज र लाईकलाई आधार बनाई बिजेता घोषणा गरिने छ । प्रतियोगीले धेरै भिडियो बनाउन पर्ने छ । माईकल चन्दले निर्देशन गरेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेको भिडियोमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ । डिपी खनालले लेखेको गीतलाई शंकर स्माईलले संगीत भरेका छन् । संगीत संयोजन उदय राज पौडेलले गरेका छन् । शिलन लम्सालको सम्पादनमा रहेको भिडियोमा सम्राज्ञी शाहसंगै एलिशा शर्माको फिचर गरिएको छ । गीतको भिडियोमा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेका छन् ।