लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक शुरु

प्रकाशित मिति:

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आयोजना भएको सातौ लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक शुरु भएको छ । कुस्ती प्रतियोगिताको मेला आयोजक मूल समिति संयोजक कुल प्रसाद न्यौपानेले उद्घाटन गर्नु भएको थियो । ‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नारासहित सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले आयोजना गरेको यो महोत्सवमा आयोजकले कुस्ती ४ दिन सम्म गराउने छ । पहिलो दिनको कुस्ती खेल छनोट चरण नभएको जानकारी मेलाका प्रचार प्रसार समिती संयोज १बिन्द १वालीले दिनु भएको थियो । सोमबार देखी छनोट चरण हुनेछ र प्रतियोगिता ३ दिन सम्म चल्ने छ ।

कुस्ती प्रतियोगिताको संयोजन गंगासागर अग्रहरीले गर्नु भएको छ । प्रतियोगितामा ३० भारतिय पहेलवान र १० नेपाली पहेलवानको सहभागिता रहेको छ भने ४ भारतिय महिलाको पनि सहभागिता रहेको छ । कुस्ती प्रतियोगितामा भाग लिन भारतको दिल्ली देखी हरियाणा सम्मको पहेलवान भैरहवा आएका छन् । चार दिन सम्म चल्ने कुस्तीमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई २१ हजार र तेस्रो हुनेलाई ११ हजार नगद राशी पुरस्कार दिने जानकारी कुस्ती संयोजक गंगा सागर अग्रहरी दिनु भएको थियो ।

आइतबार भैरहवा मेलामा कुस्ती खेलको उद्धघाटन हुने बित्तिकै कुस्ती हेर्ने दर्शको भिड बाक्लो भएको थियो । पछिल्लो समय तराईका जिल्ला अझ रुपन्देहीका मेला महोत्सवमा कुस्ती खेल धेरै लोकप्रिय भएको छ । भैरहवा मेला भन्दा अघि ओमसतिया गाउपालिका , लिलोत्तमा नगरपालिका र रोहिणी गाउपालिकामा आयोजना भएको मेलामा पनि कुस्ती प्रतियोगिता आयोजना भएको थियो । यसरी रुपन्देहीमा कुस्ती खेलको लोकप्रियता बढे सगै रुपन्देहीका हरेक मेला महोत्सवमा कुस्ती आयोजना हुने गरेको छ ।
मेलामा कुस्ती आयोजना हुदै गर्दा पंजाब देखी भैरहवा कुस्ती लड्न आएका अलि पहेलवानले आफ्नो शरिरले ट्याक्टर रोकेर र आङ्खनो शरिर माथी ट्याक्टर चढाएर कौशलता देखाएका थिए । उनको त्यो कौशलता देखेर दर्शक दिर्घानै आश्चर्य चकित हुन पुगेको थियो ।
भैरहवामा आयोजना भएको मेलामा कुस्ती खेलले अधिकांश दर्शक तानिने अनुमान आयोजकको रहेको छ । आइतबार भएको पहिलो दिनको खेलमा भारत गाजिपुर बाट आएका मोनु पहेलवान, नेपाल पिपरहवाका ईन्द्रकेश पहेलवान, भारत गाजिपुरकै रामआशिस पहेलवान र भारत गोरखपुरका सन्तोष पहेलवानले बिजय प्राप्त गरेका थिए । सोमबार देखि हुने छनोट चरणको खेल अझ रोमान्चक हुने आयोजकले जानकारी दिएका छन् ।