फिलाडेल्फियामा सेप्टा रेल भित्रै बलात्कार गर्ने एक पुरुष पक्राउ,यात्रीहरुले तमासा हेरेको प्रहरीको दुखेसो

प्रकाशित मिति:

अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फियाको सेप्टा रेलमा बलात्कार गर्ने एक पुरुषलाई पक्राउ गरिएको छ । यात्रीहरुले बचाउन सकेनन भनि प्रहरीले गुनासो पोखेका छन् ।अर्थात् अन्य सवारहरुले हस्तक्षेप गर्न असफल भएका अधिकारीहरुले बताएको सिएनएनले समाचार लेखेको छ ।गत साता फिलाडेल्फियाको सेप्टा रेलगाडीमा महिलालाई यौन दुर्व्यवहार गर्दा यद्यपि धेरै साक्षीहरु उक्त घटना रोक्न वा प्रहरीहरुलाई खबर गर्न समेत असफल भएको अधिकारीहरुले बताए ।

सेप्टाको बजार फ्रान्कफर्ट लाइन९मार्ग०मा गत बुधबार राती भएको बलात्कारको घटना भयानक आपराधिक कार्य हो, सेप्टाले एक विज्ञप्तिमा भनेको छ। जन पारवहन प्राधिकरणले भन्यो ,रेलमा रहेका अन्य व्यक्तिहरूले घटना देखे र अधिकारीहरुलाई सतर्क गराएनन ।सेप्टाले भन्यो, “रेलमा अन्य मानिसहरु थिए जसले यो भयानक कार्य देखेका थिए, र यदि एक सवारले ९११ लाई दूरभाष गरेको भए चाडै रोकिन्थ्यो ।”“सेप्टाले सबैलाई जो कसैले अपराध गरेको वा कुनै खतरनाक स्थिति देखिएमा खबर ९रिपोर्ट० गर्न आग्रह गरेको छ । कुनै पनि आपतकालीन देख्ने जो कोहीले तुरुन्तै ९११ मा खबरमा गर्नु पर्छ।” भनेको छ ।

सेप्टाका प्रवक्ता एन्ड्र्यू बुशले भने कि घटनाको वरपरका एक कर्मचारीले रेल अगाडी बढ्दै जाँदा प्रहरीलाई “केहि घटना राम्रो नभएको ” भनेर खबर गरेका थिए ।“सेप्टाका कर्मचारीले रेलमा चढेर आक्रमण भएको देखे र तुरुन्तै ९११ लाई दुर्फोभाष गरे। सेप्टा पारवहन प्रहरीले तुरुन्त प्रतिक्रिया जनायो, र एक अधिकारी रेलमा चढेर ६९ मार्गको यातायात केन्द्रमा आइपुगे,” बुशले एक विज्ञप्तिमा भने। ।“अधिकारीले तुरुन्तै संदिग्ध र पीडितलाई पत्ता लगाए र संदिग्धलाई हिरासतमा लिए।”@enepalese.com