प्रकाशमान सिंहको निवासमा देउवा इतरका नेताहरुको भेला

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका देउवा इतरका नेताहरुले कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बृहद् बैठक गरेका छन् । आईतबार विहान देउवा इतरका नेताहरुले आगामी रणनीति र आसन्न महासमिति बैठकमा प्रस्तुत हुने खाकाको तयारीको लागि बैठक गरेका हुन् । बैठकले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान मस्यौदा समितिको आईतबार हुने बैठकमा प्रस्तुत गर्ने धारणाको विषयमा समितिका सदस्यहरुलाई सुझाव दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सो समितिमा चाक्सिबारीमा उपस्थित भएकाहरु मध्ये दिलेन्द्र बडु, मिनेन्द्र रिजाल लगायतका नेताहरु रहेका छन् ।

सो बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री सिंह, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी,  केन्द्रीय सदस्यहरु दिलेन्द्र बडु, मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, चन्द्र भण्डारी, गगन थापा, नविन्द्रराज जोशी, कमला पन्त, जीवन परियार, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतको उपस्थिती थियो । बैठकमा महासमिति बैठकमा प्रस्तुत हुने रणनीतिबारे समेत छलफल भएको बतार्इएको छ ।