अमेरिकाको मासाचुसेट्सको एक सुलभ पसलमा भएको गोलीकाण्डमा पसलका संचालक नेपालीको मृत्यु

प्रकाशित मिति:

अमेरिकाको मासाचुसेट्स राज्यको एक सुलभ पसलमा भएको गोलीकाण्डमा पसलका संचालकरमालिक नेपालीको मृत्यु भएको छ । उक्त घटनाको समाचार स्थानीय पत्रपत्रिकाको साथै नेपाली संघरसँस्था मधेसी एसोसिएसन अफ अमेरिकाले समेत समवेदना सार्वजनिक गरेको छ ।

एनबिसी बोस्टन डटकमका अनुसार मासाचुसेट्सको फल रिभर भन्ने शहरमा गत सोमबार राती उक्त घटनामा गोली प्रहार हुँदा नेपाली मारिएका हुन् । पीडित ५४ बर्षित लाल किशोर महासेठ भएको पुष्टि भएको छ । उनि मासाचुसेट्स राज्यको फल रिभरमा परिवार साथ बसोबास गर्थे ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनीलाई बिरामी बाहक सवारी साधनबाट चार्लटन मेमोरियल अस्पताल पुर्याईएको थियो । अस्पताल पुर्याएको राती ११ बजे पछि उनलाई मृत घोषित गरिएको थियो भनि जिल्ला सरकारी वकिलको कार्यालयले उल्लेख गरेको छ । फल रिभर प्रहरीलाई राती १०स्३० बजे उक्त पसलमा कसैलाई गोली हानीएको खबर गरिएको थियो । ब्रिस्टोल जिल्ला अधिवक्ताको कार्यालयका अनुसार २०१ रक मार्ग स्थित स्टप एण्ड सेभ नामक सुबिधा पसलमा पुरुषलाई गोली हानिएको जनाएका छन् ।@enepalese