अनेरास्ववियु बुद्धभुमि नगर कमिटी द्वारा पिडित परिबारलाई सहयोग

प्रकाशित मिति:

बुटवल । अनेरास्ववियु बुद्धभुमि नगर कमिटी कपिलवस्तुले अति महत्वुर्ण सामग्री सहित धन बहादुर पुनको परिबारलाई सहयोग गरेको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका – ३ का धन बहादुर पुन मगर पहिलेबाट नै मानसिक रोगबाट ग्रसित भएका थिए र परिवारमा फेरि अर्को बज्रपात आइपरेको हो जुन घरमा यहि कार्तिक २६ गते उनको घरमा आगलागी भएर परिबारलाई ठुलो आर्थिक संकट परेको छ । त्यसैले उनको परिबारलाई अनेरास्ववियु बुद्धभूमि नगर कमिटिले मङ्सिर २१ गते राहत सामग्री प्रदान गरेको हो ।

यसै बीच प्रमुख अतिथि रहेका नेकपाका वरिस्ट नेता बिताम्बर खनालले अनेरास्ववियु आन्दोलन गर्ने र चुनावमा मात्र परिचालित हुने संगठन हैन भन्ने कुरा आज बुद्ध भुमि नगर कमिटीले स्पष्ट पारिदिएको भन्दै पुन परिवार लाई आफ़ु पनि सहयोगको लागि पहल गर्ने बताए । सोहि कमिटिका अध्यक्ष पारस मरासिनीले यो परिवार हाम्रो परिवार भएको आफ्नै परिवार को दुख देख्न नसक्ने भन्दै आगामी दिनहरूमा परिवारलाई सहयोग गर्न पछि नहट्ने कुरामा सबै लाई आश्वासन दिदै आफू सक्दो आर्थिक सहयोग गर्ने सम्पुण लाई हिर्दय देखि विशेष धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु बुद्धभुमि नगर कमिटी अध्यक्ष पारस मरासिनी, प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता कम्रेड पिताम्बर खनाल , विशिष्ट अतिथी बुद्धभुमी न पा ३ वडा अध्यक्ष क गोविन्द प्रसाद आचार्य  विकास नेता क हुकुम बहादुर कुंवर, नेता क खिमराज आचार्य , जिल्ला कमिटी सदस्य एवं नेकपा का युवा नेता कम्रेड रतन वि क त्यस्तै युवा सङ्ग नेपाल कपिलवस्तुका नेताहरु तथा अन्य ३० जना स्थानीय वासिन्दा हरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण अनेरास्ववियु जिल्ला कमिटी कपिलवस्तुका सदस्य रतन बिकले गरेका थिए ।