शर्लिनविरुद्ध राज र शिल्पाद्वारा ५० करोड क्षतिपूर्तिको मुद्धा दर्ता

प्रकाशित मिति:

मुम्बई-अमरउजाला– बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका व्यापारी पति राज कुन्द्राले अभिनेत्री शर्लिन चोपडामाथि मानहानीको मुद्धा दर्ता गराएका छन् । शिल्पा र राजले अभिनेत्री चोपडाबाट ५० करोड क्षतिपूर्तिको मागदाबीसमेत गरेका छन् ।राज र शिल्पाले शर्लिनलाई कैयौं पटक चेतावनी दिँदा पनि शर्लिन नसुध्रिएपछि यो निर्णय लिएका हुन् । शिल्पा र राजका वकिलले शर्लिनले जुनसुकै मिडियामा दिइरहेको बयानबाजी कानूनी दायरामा नरहेको बताएका छन् ।

‘मेरो ग्राहकका विरुद्ध पत्रकार सम्मेलन गर्नु उनीहरुलाई बदनाम गर्ने उद्देश्यले हो । शर्लिन चोपडाले बोलेका कुराहरु अदालतमा उनकाविरुद्ध दर्ता गरिएको उजुरीमा प्रमाणका रुपमा प्रयोग गरिएका छन्’, वकिलले भनेका छन् ।शर्लिनले राज र शिल्पाविरुद्ध अक्टोबर १४ मा एफआईआर दर्ता गराएकी थिइन् । उनले राज र शिल्पाले आफूलाई धोका दिएको र मानसिक यातना दिएको आरोप लगाएकी थिइन् ।राज र शिल्पाका वकिलले भने शर्लिनले राज र शिल्पामाथि लगाएको सबै आरोप मनगढन्ते, झुठो, तुच्छ, निराधार र बिना प्रमाणको रहेको बताएका थिए । उनले शर्लिनले राज र शिल्पाको छवि बिगार्दै उनीहरुबाट पैसा असुल्न आरोप लगाएको दाबी गरेका थिए ।@khabarhub