समावेशी विकासका लागि पहिचान पक्षधरहरुलाई एक हुन आह्वान

प्रकाशित मिति:

बुटवल, २३ मंसिर । नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी सदस्य एवम् प्रदेश नं.५ का संगठन विभाग प्रमुख यज्ञ पाेखरेलले समावेशी विकासका लागि पहिचान पक्षधरहरुलाई एक हुन आह्वान गरेका छन् । बुटवलमा सुरु भएकाे जनमुक्ति पार्टी ५ नं. प्रदेशकाे अधिवेशनलाई शुभकामना दिँदै पोखरेलले पहिचान पक्षधरहरु एक भएर वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय उत्पीडनबाट मुक्त हुँदै समावेशी विकासको बाटोमा अग्रसर हुन आह्वान गरेका हुन् ।

उनले नयाँ शक्तिले अबकाे निकास समावेसी विकास’ मूल नारा तय गर्दै आत्मसात गरेको बताए ।’नयाँ शक्तिले नेपाली जनसंख्याको बनौटअनुसार खस-आर्य मधेसी/थारु र जनजाति गरी तीन क्लस्टरको समानुपातिक प्रतिनिधित्वसहित इन्द्रेणी राष्ट्रवादको वकालत गरेको छ  उनले भने यो नै नेपाली विशेषताको उन्नत र समावेशी लोकतन्त्रको मोडेल हो । नेता पोखरेलले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख र पूर्ण समानुपातिक संसद बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।