‘विप्लव’ नेकपाले खन्यो गाउँको बाटो

प्रकाशित मिति:

इलाम मङ्सिर २४ ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मेची ब्यूरोले आफ्नो रेडफोर्स र कार्यकर्ताको सहयोगमा इलामको चुलाचुली गाउँपालिका १ वडामा श्रमदान गरि सडक निर्माण गरेको छ । ब्युरोको परिचालनमा एक किलोमिटर सडक मर्मत गरेको हो ।

सडक मर्मतका लागि ३५ जनाले श्रमदान गरेका थिए । सडक भत्किएका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएपछि आफूहरूले सडक मर्मत गरेको अभियानमा सहभागी दीपक विष्टले जानकारी दिए ।

एकीकृत क्रान्तिको उद्घोष गरेको नेकपाले जनतालाई संगठित गर्दै गाउँ देखि शहर सम्म उनीहरु संगै श्रम सहकार्य गरिरहेको छ । यता सत्ता रुढदल लगायतका अन्य पार्टीहरु भने सत्ता भत्ताको लागि केवल शहर केन्द्रित भैरहेको बेला जनताको घर आगनमा बलियो उपस्थिति जनाई रहेको नेकपाले जनतालाई संगठित गर्नसके सफलता प्राप्त गर्न सकिने रणनीतिका साथ देशभरि बिभिन्न अभियानहरु तिब्र बनाएको व्युरोले जनाएको छ ।