वाग्मती प्रदेशसभा कात्तिक १० गतेसम्मका लागि स्थगित

प्रकाशित मिति:

काठमाडौं । वाग्मती प्रदेश सभाको बैठक कात्तिक १० गते बस्नेगरी स्थगन भएको छ ।आज बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रस्तुत गरेको विश्वासको मतमाथि छलफल भएको थियो ।

आजको बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएपनि बाँकी प्रकृया १० गते बस्ने बैठकमा सूचारु गरिने प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बताए ।अर्को बैठक कात्तिक १० गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।