श्रृंखला र मेलबर्नको सम्बन्ध के ?

प्रकाशित मिति:

राम कुमार श्रेष्ठ

मिस नेपाल शृङ्खला खतिवडा यो वर्षको ६८ औं मिस वर्ल्ड प्रतियोगितामा ११८ देशका सुन्दरीलाई पछि पार्दै सातमध्येबाट ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ हात पारी ईतिहास रच्दै ३० जनाभित्र परेपस्चात अर्को चरणमा १२ जनाभित्र पर्न समेत सफल भएर नेपालका तर्फबाट पुन: अर्को ईतिहास रच्न सफल भइन । एसियाबाट छानिएका दश देशमध्य नेपाल, थाइल्याण्ड र न्युजिलेण्डमात्र टप १२ मा जान सफल भए । मिस वर्ल्डको ईतिहासमा यो बर्ष शुरु गरिएको नयाँँ सिस्टम अनुसार यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो जस्मा न त आयोजक चिन पर्न सक्यो न त मिस वर्ल्डको पूर्व बिजेता भारत नै । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरिएको हो । मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन् । ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन् ।

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने  ब्युटी विद पर्पज शृंखलाले बनाएको भिडियो विस्वभरका ११९ देशका सुन्दरीले लिएर गएका मध्येबाट सर्टलिस्ट गरिएका २५ भिडियोमध्येबाट पनि उत्कृष्ट भएर प्राप्त गरेकी हुन जुन तयार गर्न उन्ले निकै नै मेहनत गरेको देखिन्छ र अत्यन्तै मार्मिक पनि छ । अत्यन्तै मेहनत र दु:ख गरेर तयार गरिएकोमा त्यस्का लागि प्राप्त परिणामकै कारण उनी रुँदा रुँदा आँखा सुन्निएको हो भन्ने कुरा उक्त भिडियो हेरेपछि बुझ्न सकिन्छ । सामाजिक सञ्जालमा उपस्थिति, फलोअरको इंगजमेन्ट, क्रिएटिभ कन्टेन्ट र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा शृंखलाले बाँकी प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन् । शृंखलाले फेसबुक, इन्स्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यममा दमदार उपस्थिति जनाएकी थिइन् । टप ३० बाट एसिया महादिपबाट टप १२ मा पुगेकी श्रृंखला टप ५ मा आइपुग्दा बाहिरिएकि हुन् । नेपाल र न्युजिल्याण्डलाई बाहिर्याएर एशियाबाट थाइल्याण्डकी सुन्दरी छनोट भइ टप ५ मा मात्रै परिनन अमेरिकी पूर्व रास्ट्रपति ओबामाबाट ‘President’s Volunteer Service Award’ हात पारेकी उनी रनरअपको उपाधि हात पार्न पनि सफल भइन् ।

श्रृंखलाको सकारात्मक सोंच:
मिस वर्ल्डको शुरुवातीमा नै उन्का लागि तयार पारिएको ड्रेसको डिजाइनका कारण उन्को वाकमा देखिएको समस्यालाई लिएर डिजाइनरप्रति पोखिन थालेको आक्रोशलाई कम्जोरी आफ्नै भन्दै देखा पर्न थालेको नकारात्मक धारलाई अगाडि बढ्नबाट रोकिन श्रृंखलाले । त्यसरी नै मिस वल्र्डको टप ३० मा पर्नका लागि भएको ‘हेड टू हेड च्यालेन्ज’मा श्रृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएपस्चात नेपालीका तर्फबाट देखा पर्न थालेका नकारात्मक गाली गलौजलाई सिंगापुरे सुन्दरीको प्रसंशा र आफ्नो कम्जोरीको स्वीकारोक्ति मार्फत उन्ले तुरुन्तै रोक्न सफल भइन् र सबैलाई सेमिफाइनलमा पुग्ने ढोका पुरै बन्द भैनसकेकोले बाँकी संभावनातर्फ ध्यान दिन आग्रह गरिन ।नेपालीहरुलाई नकारात्मक धारतिर जानबाट रोक्न उन्ले संपूर्ण गल्ती आँफैले लिएर जुन कौशलता प्रदर्शन गरिन त्यो अत्यन्तै प्रसंशनिय काम हो । मिस  अवधारणाप्रतिको नकारात्मक सोंच रुपान्तरणमा भूमिका निर्बाह, प्राबिधिक मात्रै नभएर कालेज टपको सहभागिता र सफलता, ग्लेमरस दुनियाँँसंगको लगावसंगै मिस नेपालको दुनियाँँमा प्रबेशको सट्टा मिस नेपालको दुनियाँमा प्रबेशका कारण ग्लेमरस दुनियाँसंगको निकटता जस्ता थुप्रै बिशेषतालाई आफ्नो फरक परिचयको अंग बनाएकी श्रृंखलाले मिस वर्ल्डको दौडका क्रममा देशका तर्फबाट मात्रै नभएर ६८ औं मिस वर्ल्डसम्मकै ईतिहासमा दुई दुई वटा टाइटल हात पारेर विस्व ईतिहास पनि रच्दै भिजिट नेपाल २०२० नजिकिंदै गर्दा सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा श्रृंखलाले नेपाललाई विस्व सामु चिनाउन समेत निकै मेहनत गरिन ।

श्रृंखला र मेलबर्नको सम्बन्ध:
मेलबर्न विस्वविद्यालयबाट Self-Reliance in Small Community बिषयमा विद्यावारिधि गरेका ख्यातिप्राप्त आर्किटेक्ट एबं योजनाविद डा रमेश मानन्धरले १९९० मा ‘The Issues of Squatter Settlements’ बिषयक कार्यशाला गोष्ठी गरी ग्रामीण भेगका घरबार बिहिनहरुलाई घरबारको ब्यबस्था गर्ने, दयनिय अवस्थाका घर भएकाहरुको लागि शौचालय, पानी आदिको ब्यबस्था गरी स्तरोन्नति गर्ने जस्ता उद्धेस्य प्राप्तीका लागि सीमित केही चेतनशिल ब्यक्तिहरु सहभागी भएकोमा थाइ बिमान दुर्घटनामा परी डा मानन्धरको देहाबसान भएकोले उन्को सम्झना र सम्मानमा अर्कै नाममा सन्चालित संस्थालाई १९९३ मा लुमन्तीमा रुपान्तरण अगाडि बढाउने काम भयो जस्लाई डा मानन्धरकै श्रीमती लजना मानन्धरले नेतृत्वदायी भूमिका दिंदै आउनु भएको छ र यही बर्ष यस्ले आफ्नो २५ औं बर्ष मनाउँदासम्म हजारौं घरबार बिहिनहरुको घरबारको ब्यबस्था गरिदिने र दयनिय अवस्थामा घर भएकाहरुको अवस्थामा सुधार ल्याइदिने काम गरेसंगै यही बर्षदेखि फेलोशिप र अवार्डहरु समेत प्रदान गर्न शुरु गरिसकेको छ । अस्ट्रेलियाकै सर्बोत्कृष्ट विस्वविद्यालयमा पर्न सफल मेलबर्न विस्वविद्यालयमा रहेर अनुसन्धान गर्ने क्रममा आफ्ना केही बर्ष मेलबर्नमा बिताएका डा रमेश मानन्धरको सम्झना र सम्मानमा स्थापित संस्थाले यत्ति ठूलो काम गरेको कुरामा मेलबर्नबासी अनभिज्ञ छन । लुमन्ती यो त्यही संस्था हो जस्मा मिस वर्ल्ड २०१८ मा सहभागी भएर विस्वभरी तहल्का मच्चाउन सफल शृङ्खला खतिवडा कार्यरत भइन् ।

“मिस” अवधारणाको फ्रेमवर्कका कारण बिशेष गरी त्यस्मा सहभागी हुने क्रममा प्रयोग गरिने पहिरनका कारण समाज ब्यबस्थाको एउटा स्कूलिङले “मिस” अवधारणाप्रति फैल्याउने नकारात्मक धारणा सतही मूल्यांकनभन्दा केही होइन भन्ने कुरा श्रृंखला मिस नेपाल हुने क्रममा उन्लाई जुन अभिब्यक्तिले त्यहाँ पुर्यायो, त्यस्पछिका उन्का अन्तर्बार्तामा ब्यक्त बिचार, मिस नेपालको ताज पहिरिएपस्चात मिस वर्ल्डमा जानु अघिको छोटो समयमा गेरेकी अर्थ संकलन र त्यो बिकट ठाउँमा ढुंगे युगिन जीवन यापन गरिरहेको चेपाङ समुदायको लागि पुर्याएको सहयोगबाट प्रस्ट हुन्छ । यस्तै समाज र देश रुपान्तरणमा आ-आफ्नै किसिमबाट आ-आफ्नो देशमा बिशेष योगदान पुर्याएर आएका अन्य ११८ देशका होनहार युवतीहरुलाई पछाडि पारेर ताज पहिरिने काम सहज त होइन र पनि यो पटक विस्वबरी छरिएर रहेका नेपाली समुदाय श्रृंखलामय बन्यो सकारात्मक तरंग सिर्जना गर्न । हाम्रो महत्वाकांक्षा अनुरुपकै उपलब्धी हासिल नगरे पनि नेपालका तर्फबाट प्राप्त गरेको बिगतका उपलब्धीभन्दा उनी धेरै अगाडि मात्रै बढिनन मिस वर्ल्डकै अहिलेसम्मकै ईतिहास समेत रच्दै टप १२ मा पुग्न सफल भइन् यस्कालागि हार्दिक बधाई र उन्का भावी योजनाका लागि हार्दिक शुभेच्छा र शुभ-कामना