एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना

प्रकाशित मिति:

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई अस्वस्थ भएका छन्। सचिव भट्टराईको स्वकीय सचिव प्रेम गुरागाईंले सामाजिक सञ्जालमार्फत त्यसबारे जानकारी गराएका हुन्। उच्च ज्वरो आएको र कम नभएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको उनले जनाएका छन् ।

विगत केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराईलाई ज्वरो नघटेपछि अस्पताल भर्ना गरिएको हो ।

‘नेकपा एमाले सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई विगत केही दिनदेखि उच्च ज्वरोका कारण घरमै आराम गरिरहनुभएको थियो। उच्च ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर अस्पतालमा भर्ना हुनुभएको छ,’ गुरागाईंले फेसबुकमा लेखेका छन्।