भाग्य बोक्ने झोला पाउँदा अर्घाखाँचीका विद्यार्थी खुसि, अभिभावक भावुक

प्रकाशित मिति:

बुटवल, मंसिर २४ । पहिलो पाइला नेपाल रुपन्देही शाखाले अर्घाखाँचीका दुई विद्यालयमा भाग्य बोक्ने झोला वितरण गरेको छ ।

“सधै परिवर्तनका लागि” नारा बोकेर स्थापित पहिलो पाईला नेपाल नामक सामाजिक संस्थाले विपन्न वर्गको उत्थानका लागि देश्ब्यापी रुपमा सञ्चालन गरिरहेको भाग्य बोक्ने झोला अर्घाखाँची जिल्लामा वितरण गरेको हो ।

शनिबार अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं. ३ का नर्सरी आधारभुत र दिप ज्योति आधारभुत बिद्यालयका ६४ जना विपन्न तथा गरिब विद्यार्थीहरुलाई कापी, कलम इरेजर लगायतका अन्य स्टेसनरी सामग्रीहरु भएको भाग्य बोक्ने झोला वितरण गरिएको थियो ।

देशब्यापी रुपमा युवा एकता कायम गर्दै, युवा वर्गमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको यो सामाजिक संस्था अन्तर्गत बुटवल साखाको आयोजनामा अर्घाखाँचीमा कार्यक्रम सम्पन्न गरेको हो । भाग्य बोक्ने झोला पाउदा गरिब तथा विपन्न विद्यार्थीहरु खुसि भएका थिए भने अभिभाबक भने भाबुक बनेका थिए । कार्यक्रममा सहयोगी मनहरुलाई धन्यबाद सहित प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा सभापति तथा बुटवल साखाका अध्यक्ष बिष्णु राज महतले स्थानिय सरकारलाई शिक्षा क्षेत्रमा अग्रसर हुन घचघच्याउनु भएको थियो । कार्यक्रममा मालारानी गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका शिक्षा अधिकृत,वडा सदस्यहरु, प्रहरी नायब निरीक्षक, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु तथा पत्रकारहरुले पहिलो पाइललो गरेको कामको प्रसंसा गर्नु भएको थियो ।

कार्यक्रममा पहिलो पाईला नेपालका वरिष्ठ सल्लाहकार उमेश बोहरा, देशब्यापी भाग्य बोक्ने झोला अभियानका अभियान संयोजक सुरज गिरी आभासको समेत उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा एउटा कापी र कलम नपाएर बिद्यालय जान नपाउने अबस्था कदापि सिर्जना नगर्नु हुन देश्ब्यापी अभियानका संयोजक सुरज गिरी आभासले अभिभावक समक्ष अनुरोध गर्नुभयो ।

बुटवल साखाले आयोजना गरेको भाग्य बोक्ने झोला वितरण कार्यक्रमको संयोजक सदस्य केशव खनाल कार्यक्रमको सभापतित्व बुटवल शाखाका अध्यक्ष बिष्णु महत तथा सञ्चालन साखा सचिव आयुष पौडेलको रहेको थियो ।

थप समाचार