प्राविधिक शिक्षाका लागि चापपानीमा महायज्ञ

प्रकाशित मिति:

चन्द्र माध्यमिक विद्यालय बगनासकाली गाउँपालिका वडा नं. ९ चापपानीमा प्राविधिक शिक्षा संचालन सहयोगार्थ १ हप्ते महायज्ञ संचालनका लागि मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ । यही माघ २ गतेबाट ८ गतेसम्म महायज्ञ संचालनको तयारी गरिएको छ ।

महायज्ञमा बालब्यास नारायण न्यौपानेको मुखारबिन्दबाट संगीतमय कथा प्रवचन हुने कार्यक्रम रहेको छ । सोही महायज्ञको सफलातका लागि विद्यालयमा बसेको जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, सरोकारवालाहरु, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी लगायतको भेलाले विद्यालयका पुर्व अध्यक्ष यमलाल तिमिल्सिनाको संयोजकत्वमा महायज्ञ मूल आयोजक समितिको गठन गरेको छ ।

जसको सहसंयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज तिमिल्सिना, विव्यस सदस्य रणप्रताप खाँण, वडा नं. ५ का अध्यक्ष इश्वर कुमार राना, ६ का अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, ७ का अध्यक्ष गुन बहादुर बुढाथोकी, ८ का अध्यक्ष गणेशप्रसाद बस्याल, वडा नं. ९ का सदस्य पिताम्वर गाहा रहेका छन् ।

त्यस्तै महासचिवमा युवा समाजसेवी कृष्ण भुसाल रहेका छन् । सहसचिवमा समाजसेवी ज्ञानराज तिमिल्सिना र विव्यस सदस्य मुना ढकाल रहेका छन् । त्यस्तै सचिवमा पत्रकार यज्ञमूर्ति तिमिल्सिना सहित युवा समाजसेवीहरु ओमप्रकाश गैरे, हरिप्रसाद बस्याल र मोहन बस्याल रहेका छन् । त्यस्तै कोषाध्यक्षमा बगनासकाली ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल सहित विद्यालयका पुर्व अध्यक्षहरु तथा सामाजिक ब्यक्तित्व रहेका छन् ।

सोही अवसरमा महायज्ञको सफलताको लागि विभिन्न उपसमितिहरु समेत निर्विरोध निर्वाचित गरिएको छ । जसमा आर्थिक संकलन उपसमिति संयोजकमा वडा अध्यक्ष ठानेश्वर तिमिल्सिना, दाता पहिचान उपसमिति संयोजकमा लिला अर्याल, प्रचार प्रसार उपसमिति संयोजकमा पत्रकार यज्ञमूर्ति तिमिल्सिना, गेट निर्माण उपसमितिमा एकता युवा क्लव, कलसयात्रा उपसमिति संयोजकमा सिता घिमिरे, राजनीतिक दल समन्वय उपसमितिमा जयराम बस्याल, गाउँपालिका नगरपालिका समन्वय उपसमितिमा सरस्वती चिदी, संघसंस्था समन्वय उपसमितिमा भेषराज तिमिल्सिना, सरकारी कार्यालय समन्वय उपसमितिमा दाताराम तिमिल्सिना, पूर्व विद्यार्थी शिक्षक समन्वय उपसमितिमा हरिप्रसाद बस्याल, कृषक समन्वय उपसमितिमा पशुपति बस्याल, सहकारी संस्था समन्वय उपसमितिमा चिन्तामणी बस्याल, स्वास्थ्य समन्वय उपसमितिमा मोहन घिमिरे, एफएम टिभी समन्वय उपसमितिमा दयाराज न्यौपाने रहेका छन् ।

त्यस्तै आदिवासी जनजाति समन्वय उपसमितिमा रमेश सिंजाली, बोर्डिंग स्कुल समन्वय उपसमितिमा कुल बहादुर उचै, आन्तरिक मञ्च समन्वय उपसमितिमा मोहन ढकाल, छिमेकी विद्यालय समन्वय समितिमा डिल्ली पाण्डे, तेजराज पाण्डे, सामुदायिक वन समन्वय उपसमितिमा मिन बहादुर बिक, ब्यापारी व्यक्ति सँग समन्वय समितिमा चन्द्र ढकाल, तुलादान प्रेरणा समन्वय समितिमा लिलाधर बस्याल, गुरु तथा ब्राह्मण आवास तथा भोजन उपसमिति संयोजकमा धनपति भट्टराई, भक्तजन आवास तथा भोजन उपसमिति संयोजकमा छविलाल ढकाल, सदस्यहरुमा कृष्ण बस्याल (ख) तारा बस्याल, फणिश्वर तिमिल्सिना, लोकनाथ तिमिल्सिना रहेका छन् ।

अतिथि सत्कार उपसमिति संयोजकमा दिपा सारु, निमन्त्रण कार्ड वितरण उपसमितिको संयोजकमा बुद्ध मल्ल, सैनिक प्रहरी तथा समन्वय उपसमिति संयोजकमा मोहन अर्याल, छात्र छात्रा परिचालन उपसमितिमा शारदा पाण्डे, यज्ञ मण्डप व्यवस्थापन उपसमिति संयोजकमा हरि घिमिरे, ध्वजा पताका समन्वय उपसमितिमा गुलसन बेगम,शालिग्राम परिक्रमा उपसमितिमा रमेश गैरे, दुना टपरी निर्माण उपसमितिमा धना पौडेल, महिला परिचालन उपसमितिमा गिता अर्याल, स्वयम्सेवक परिचालन उपसमितिमा कमल बिक्रम खांण, फुलमाला तथा दुबोको माला व्यवस्थापन उपसमितिमा बिण्णु ढकाल, कथापछि प्रसाद विवरण उपसमितिको संयोजकमा यानीसरा दर्लामी, लाख बत्ती निर्माण उपसमिति संयोजकमा समिता मल्ल, र्याली समन्वय उपसमितिमा शोभाखर भट्टराई, यातायात व्यवस्थापन उपसमितिमा हरि बहादुर थापा र चिरञ्जिवी भट्टराई, मोटर साइकल ब्यवस्थापन उपसमितिमा किरण मल्ल रहेका छन् । महायज्ञ सम्पन्न गर्नका लागि आवश्यकता अनुसार थप उपसमितिहरु समेत थप्दै लगिने विद्यालयका प्रधानाध्यापक लक्ष्मण अधिकारीले बताए ।

उपसमिति गठन पछि आयोजित सभामा बोल्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी मगर, पुर्वसभाषद् तुल्सा राना, मुल आयोजक समितिका अध्यक्ष यमलाल तिमिल्सिना लगायतले महायज्ञको सफलताका लागि सबै पक्षको उत्तिकै सहयोगको आवश्यकता रहेको बताए ।