फेवातालमा सेल्फी हान्दा एक बेपत्ता

प्रकाशित मिति:

पोखरा मंसिर २४

फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ सेल्फी खिच्ने क्रममा डुंगाबाट डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेपछि ज्याकेट उतारे र मोवाईलबाट सेल्फी खिच्न लाग्दा उनी डुङ्गा बाट खसेर बेपत्ता भएको श्रेष्ठकी दिदि रोशनीलाई उदृत गर्दे कास्की प्रहरी प्रमुख ओम रानाले बताए।

श्रेष्ठको खोजीका लागि आर्मी, प्रहरी, सशस्त्र प्रहरीलगायत उद्धार टोली परिचालन भएका छन्।