चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले राजीनामा नगरे महाअभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।भरतपुर विमानस्थलमा पत्रकाहरूसँग कुराकानी गर्दै उनले भने, ‘हिजो ३ दलबीच छलफल भयो, पाँचवटै दल जुटेर यो बारेमा छलफल गरिनेछ ।’महाअभियोग लगाउने सम्भावना छ त रु भन्ने प्रश्नमा प्रचण्डले जवाफ दिए, ‘त्यसको अहिले चर्चा नै गरेका छैनौ हामीले, प्रसंग नै छैन ।’
उनले न्यायालयको स्वतन्त्रता र गरिमालाई कहिँकतै आँच आउन नदिन आफूहरू सतर्क रहेको बताए । प्रचण्डले भने, ‘अहिले डिबेट चलिरहेको छ, एक दुई दिनमा उचित निष्कर्षमा पुग्नेछ ।’गजेन्द्र हमाल प्रधानन्यायाधीसको कोटाबाट नभइ कांग्रेस कोटाबाट मन्त्री बनेको प्रचण्डले दोहोर्याए ।‘मैले यहीँ आएर पनि बोलेको थिएँ, उहाँ कांग्रेसकै कोटाबाट मन्त्री हुनुभएको हो । म बोलेर गएँ, उहाँले राजीनामा दिनुभएछ,’ उनले भने, ‘नयाँ परिस्थिति बनेको छ, एक(दुई दिनमै सत्ता गठबन्धनले योबारे धारणा सार्वजनिक गर्नेछ ।’