काठमाडौं– नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको जनाएको छ ।
नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको हो ।
आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ ।