सन्देशमुलक देउसी भैलो आउँदो सोमवार अष्ट्रेलियाको मेलर्बनमा हुने

प्रकाशित मिति:

कौरव खत्री , गुल्मी १३,कार्तिक । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले शुभ दिपावलीको अवसरमा देउँसी भैलो कार्यक्रम सञ्चालन गरिने भएको छ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाद्धारा आउँदो सोमबार अर्थात नोभेम्बर १ तारिकमा एक दिने देउँसी भैलो कार्यक्रम सञ्चालन गरिने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

देउँसी भैलो कार्यक्रममा हाल अष्ट्रेलियाका विभिन्न स्थानहरुमा पेसा,व्यवसाय र रोजगारी गदै आउनु भएका नेपालीहरुको सहभागिता हुने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । विशेष गरि देउँसी भैलो कार्यक्रमले नेपालको मौलिक कला संस्कृतिको संरक्षण प्रर्वद्धनमा सहयोग पु¥याउनुका साथै नँया पुस्तालाई कला संस्कृति सिको गर्न थप बल पुग्ने र नेपालीहरु एक आपसमा आपसी सद्भाव कायम राख्ने,तिहार पर्वको रमाइलो र दुःख सुख साटासाट गर्न थप बल पुग्ने समाज भिक्टोरियाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । साथै अध्यक्ष भट्टराईले भन्नुभयो, देउँसी भैलो कार्यक्रममा कोभिड १९ को सक्रंमणबाट बच्न र बचाउन खोप लगाउनु पर्ने कुराहरु देउँसी भैलोको गित मार्फत स्वास्थ्यसँग सम्वन्धित सन्देशमुलक देउँसी भैलो कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

देउँसी भैलो कार्यक्रम अष्ट्रेलियाको मेलवर्नको पालम्स रेष्टुरेण्डमा सञ्चालन हुने जनाइएको छ ।देउँसी भैलो कार्यक्रममा कलाकारहरु दिपक सापकोटा,लक्षमण सापकोटा,टंक कंडेल,हरि खरेल,लाल सिँह,दोर्ण केसी,रक्षा भण्डारी,सुवास घिमिरे लगायतको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका साँस्कृतिक कलाकारहरुको टोलीद्धारा देउँसी भैलो प्रस्तुती रहने जनाएइको छ ।त्सस्तै देउँसी भैलो कार्यक्रमलाई इ–नेपालका मनोज पौडेल, र इलाइट इभेन्टले सहयोग पु¥याउनु भएको कार्यक्रम नेपाली समय अनुसार बिहान पौनी ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने जनाएइको छ ।