शाकाहारी भोजनले मानिसलाई बुद्धिमान बनाउँछ

प्रकाशित मिति:

काठमाडाैं ।  मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । साथै यसले मानिसलाई बुद्धिमान बनाउँछ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ । मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ ।

मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ । शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपार्इं कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्छ । यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना

मांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन । शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ । अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको  निष्कर्ष भनिएको छ– मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पुयाएको देखिन्छ । अनुसन्धानकर्ताका अनुसार शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ ।