जेल चलान दुई दिनमै एक लाख भन्दा बढीको नजरमा – भिडियाे सहित

प्रकाशित मिति:

बुटवल, मंसिर २५ । नेपाली सांगीतिक क्षेत्रमा दिन प्रतिदिन विभिन्न प्रकारका गीतहरु बजारमा आउने क्रम जारी छ । यसै क्रममा निकै लोकप्रिय गायिका विष्णु माझिको आबाजमा बजारमा आएको मार्मिक लोक दोहोरी गीत जेल चलानले बजारमा आएको दुई दिन मै एक लाख भन्दा बढी दर्सकको नजरमा परेको छ ।

विगत लामो समय देखि नेपाली लोक सांगीतिक क्षेत्रमा आवाजका माध्यमबाट एक छत्र राज गर्न सफल निकै लोकप्रिय गायिका बिष्णु माझिको आबाजमा बजारमा आएको गीतले छोटो समयमा नै अत्याधिक मात्रामा दर्सक स्रोताको मन जित्न सफल भएको हो । मेशना डिजिटलको प्रस्तुतीमा गोपाल पौडेलको जेल चलान बजारमा आएको हो । वियोगान्त शब्दमा तयार भएको गीत निकै राम्रो बनेको छ ।

मै अभागी कर्मै हो खोटी
खुसी हुनै पाइएन एकचोटी
कति बसु तिम्रो यादमा यो मन जलाई जलाई
यदि चोखो माया गर्नु हो भने अपराध
जेल चलान गरिदेउ जन्म कैदको मलाई….

बोलको गीत गोपाल पौडेल र विक्रम क्षेत्रीको शब्द, सर्जक महेन्द्र भण्डारीको लय अनि बिष्णु माझी र विक्रम क्षेत्रीको आबाजमा सजिएको छ ।गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । चर्चीत मोडलहरु शारिका केसी र बिमल क्षेत्रीको अभिनय रहेको छ । मेशना डिजिटलले बजार ब्यवस्थापन गरेको गीतको भिडियोमा सम्पादन दिपक विष्ट र छायाँकन अजय रेग्मीको रहेको छ ।

गीतको भिडियो हेर्नुहोस –