केन्द्रीय ब्याङ्क रिजर्भ ब्याङ्क अफ इन्डियाका गभर्नर उर्जित पटेलले दिए पदबाट राजीनामा

२५ मंसिर २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
0 Shares


बिबिसी

भारतको केन्द्रीय ब्याङ्क रिजर्भ ब्याङ्क अफ इन्डियाका गभर्नर उर्जित पटेलले राजिनामा दिएकाछन् । उनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । तबर उनको प्रधानमन्त्री नरेन्द्र मोदी सरकारसँग मतभेद रहेका विवरणबीच पटेलको राजीनामा आएको बुझिएको छ ।

पाँच वर्षे कार्यकाल हुने रिजर्भ ब्याङ्क अफ इन्डियाका गर्भनरले आधा कार्यकाल छँदै पद छाडेको यो विरलै हुने घटना हो। यसले
भारतको अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्छ र भारतीय रुपैयांको अवमूल्यन पनि हुन सक्ने बिश्लेषण गरिएको छ ।

एउटा वक्तव्यमा पटेलले केन्द्रीय ब्याङ्कका कर्मचारीहरूलाई धन्यवाद दिँदै उनीहरूका कारण सो ब्याङ्कले पछिल्ला वर्षहरूमा ठोस उपलब्धिहरू हासिल गर्न सकेको बताएका छन्।

अक्टोबरको अन्त्यतिर रिजर्भ ब्याङ्क अफ इन्डियाका डेपुटी गर्भनर विरल आचार्यले सो ब्याङ्कको स्वायत्ततालाई प्रभावित पार्ने प्रयत्न गरिएको भन्दै टिप्पणी गरेका थिए। उनले जुन सरकारले केन्द्रीय ब्याङ्कको स्वायत्तताको सम्मान गर्दैन त्यहाँको अर्थबजारमा ढिलो वा चाँडो क्रोध उत्पन्न हुन्छ, अर्थतन्त्र बर्बाद हुन्छ र नियामक संस्थालाई नजरअन्दाज गर्ने दिन पछुतो हुन्छ भन्ने प्रतिकृया दिएका थिए ।
प्रधानमन्त्री मोदी र अर्थमन्त्री अरूण जेट्लीले विज्ञप्तिमार्फत् गभर्नर पटेलका कामको प्रशंसा गरेका छन्।

मोदीले ट्वीट गर्दै भनेका छन्, ‘डा. उर्जित पटेल निकै राम्रो बौद्धिक क्षमता भएका र एक जानकार अर्थशास्त्री हुन्। उनले देशको ब्याङ्किङ प्रणालीलाई राम्रो ढङ्गले व्यवस्थित गरे। उनको नेतृत्वमा आरबीआईले वित्तीय स्थिरता पायो। ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया