वाग्मतीका मुख्यमन्त्री पाण्डेले तिहारलगत्तै विश्वासकाे मत लिने

प्रकाशित मिति:

मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तिहारलगत्तै कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएर मात्र अरू मन्त्रीहरू थप्ने र मन्त्रालयहरू फुटाउने तयारी गर्नुभएको हो ।मुख्यमन्त्रीका रूपमा शपथ लिएको एक महिनाभित्रमा विश्वासको मत लिने समय भए पनि उहाँले कात्तिक २२ गते विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेश सभामा पत्र पठाइ सकिएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । तिहारलगत्तै सदनबाट विश्वासको मत लिनेबित्तिकै प्रदेशमा मन्त्रालयको सङ्ख्या १२ वटा पुर्‍याउने तयारी गरिएको छ । अहिले भने मुख्यमन्त्री पाण्डे मन्त्रालय भागबन्डामा जुट्नुभएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा ९एकीकृत समाजवादी० बाट मुख्यमन्त्री बन्नुभएका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहनुभएको हो ।

माओवादी र कांग्रेसले चाररचार मन्त्रालय र एकरएक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ सङ्केत गरिसक्नुभएको छ । उहाँले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गर्नुभएको हो । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले ुलबिङु थालिसकेका छन् ।तीन वटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेको शपथ ग्रहणमा संसदीय दलका उपनेताको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सांसदहरूलाई थामथुम पारेका थिए ।