हेर्नुहोस् आजको नीति वचन ! जस्ले तपाईंलाई गन्तब्यमा पुर्याउन्छ !

प्रकाशित मिति:

प्रमादः सम्पदं हन्ति, प्रश्रयं हन्ति विस्मयः । 
व्यसनं हन्ति विनयं हन्ति शोकश्च धीरताम् ।।– कुन्दमाला, ३।२

अहंकारले सम्पत्ति नष्ट हुन्छ । प्रश्रयले अभिमानको नाश गर्छ । व्यसनले विनयलाई नष्ट गर्छ भने धैर्यले शोकलाई नष्ट गर्दछ ।

जीवनमा उन्नति प्रगति गर्नेले प्रमाद अथवा अहंलाई त्याग्नुपर्छ । सम्पत्तिको रक्षाका निम्ति प्रमादको त्याग आवश्यक हुन्छ भनिएको छ । यसैगरी प्रश्रयले अभिमानको नष्ट गर्दछ । प्रश्रय प्राप्त व्यक्तिले अभिमान गर्न सक्दैन । यसैगरी व्यसनमा लागेको व्यक्तिले विनयलाई तीलाञ्जली दिएको हुन्छ । व्यसन अर्थात् नशामा भएको व्यक्तिले विनय भुलेको हुन्छ । यसैगरी धैर्यले शोकको नष्ट हुन्छ । शोकमा धैर्य नै आवश्यक हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य–