पढ्नुहोस् ! मोबाइलमा बढी समय बिताउने बच्चाको मस्तिष्क यस्तो हुन्छ ?

२५ मंसिर २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
9 Shares


मङ्सिर २५ । अनुसन्धाताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा ‘भिन्न संरचना’ भेटिएको बताएका छन् ।

आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा अहिले संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ । राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट ९एनआईएच० को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण ९कोर्टेक्स० चाँडै पातलिने सङ्केत पाइएको छ ।

कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना एवं जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन् । ‘तैपनि, बालबच्चाले बढी समय स्क्रीनमा बिताएकै कारण यस्तो भएको हो भन्ने सुस्पष्ट भइसकेको छैन । यो बाहिरी पत्र पातलिनु ठीक हो वा होइन भन्ने पनि अझै निक्र्यौल भइसकेको छैन । अहिलेसम्म प्राप्त भएको विवरण प्रारम्भिक तथ्य मात्र हो’, एनआईएचमा कार्यरत चिकित्सक गाया डाउलिङले बताउनुभयो ।

‘हामी के मात्र भन्न सक्छौं भने स्क्रीनमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा भिन्नता देखिएको छ । यो एउटा भिन्न संरचना मात्र पनि होइन’, सीबीएसको समाचार कार्यक्रम ६० मिनेटलाई दिएको अन्तर्वार्तामा डाउलिङले बताउनुभयो । दिनको दुई घण्टाभन्दा बढी समय स्क्रीनमा व्यतित गर्ने बालबच्चाको भाषा र तार्किकता जाँचमा ज्यादै कमजोर अवस्था देखिएको छ ।

उक्त नतिजा चार हजार ५०० बालबच्चाको मस्तिष्क स्क्यान गरेर प्राप्त भएको हो । वैज्ञानिकहरुले स्क्रीनमा बढी समय व्यतित गर्ने बच्चामा पर्ने नकारात्मक असरका बारेमा अझ लामो समयावधिको अध्ययन आवश्यक पर्ने बताएका छन् । अध्ययनका प्रारम्भिक तथ्यांकहरु सन् २०१९ को प्रारम्भबाट अध्येताहरुका लागि उपलब्ध गराइनेछ ।

अमेरिकी बालस्वास्थ्य एकेडेमीले १८ देखि २४ महिनाभन्दा साना बालबच्चालाई भिडियो च्याटिङ बाहेक डिजिटल मिडियाको प्रयोग रोक्न सुझाव दिएको छ ।-उज्यालो अनलाइन

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • अन्तत : सरकारले भोली बिहिबार देशभरी सार्वजनिक विदा दिने
  • सुकीद्वारा रोहिंगिया मुसलमान नरसंहारको आरोप अस्वीकार
  • बुटवल बहुमुखि क्याम्पसको सप्ताहव्यापी कार्यक्रम सुरु
  • गैडहवा गाउँपालिकाले अपाङगता पहिचान गरी दियो परिचय पत्र
  • गुठी विद्येयक छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल
  • हिसान जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधी मणिमुकुन्दका सेजललाई
  • सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
  • पशुपति क्षेत्रमा राख्न भारतबाट ल्याइएका मूर्ति मुलभट्टको निवासमा
  • यहुदीलाई ‘राष्ट्रियता’ को व्याख्या गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्प
  • पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक