एमसीसीबारे देउवा र प्रचण्डमा एक जनाले झुट बाेले : केपी ओली

प्रकाशित मिति:

मोरङ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिनुभएको छ ।एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न सचेत गराउनुभएको हो ।

आज सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नु हुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ । दुइ जनामध्ये एक जनाले झुट बोल्याजस्तो देखिएन रु त्यस्तो झुट बोल्नु हुँदैन ।’केही दिनअघि प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने भनेर आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्राचार गरिसकेको बताउनुभएको थियो । तर देउवाको यो भनाइको खण्डन गर्दै प्रचण्डले थप समयका लागि मात्र पत्राकार गरिएको बताउनुभएको थियो ।अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधीशले संविधानको पालना नगरेको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै जना राजीनामा दिनुपर्ने खालको हुनुहुन्छ । उहाँहरू कसैले पनि अदालतको मर्यादा बचाउनुभएको छैन । संविधानको पालना कसैले गर्नुभएको छैन । संविधानको व्याख्यातासम्म हो अदालत । संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होइन । उसले संविधानको व्याख्या गरेन बरु आफैँ संविधानको अनेक धारा सृजना गर्‍यो ।’अध्यक्ष ओलीले संविधान परिवर्तन गर्ने र हेरफेर गर्ने काम अदालतको नभएको स्मरण गराउनुभयो ।