प्रधानमन्त्री देउवालाई कमल थापाले भने, ‘राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन’
काठमाडौं । शासन गर्ने अभिलाषा भए चुनाव लड्न आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिने प्रधानमन्त्री शेरबहादुर देउवालाई राप्रपा अध्यक्ष कमल थापाले उल्टै चुतौनी दिएका छन् ।
प्रधानमन्त्री देउवालाई आग्रह भन्दै थापाले राजा विरुद्ध आक्रोश होईन,सुशासन दिन भनेका हुन् ।प्रम देउवालाई आग्रह भन्दै थापाले ट्वीटरमा लेखेका छन्–राजा विरुद्ध आक्रोश होईन,सुशासन दिनुहोस्। न्यायालय हडतालमा छ,संसद अवरुद्ध छ, सरकार भ्रष्टाचाररसर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भैसक्यो।राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।
प्रम देउवालाई आग्रह-
राजा विरुद्ध आक्रोश होईन,सुशासन दिनुहोस्।न्यायालय हडतालमा छ,संसद अवरुद्ध छ,सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ,धर्मपरिवर्तन व्यापक भएको छ,रोजगारीको खोजीमा ४०लाख युवा विदेश पलायन भएका छन्।संघीय गणतन्त्र असफल भैसक्यो।राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन— Kamal Thapa (@KTnepal) November 10, 2021