बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भागबण्डामा कसले कुन मन्त्रीपद पाए ?

प्रकाशित मिति:

काठमाडौंर बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज बिहीबार मन्त्रिपरिषद विस्तार गरेको छ । विस्तारित मन्त्रीपरिषदमा थप दुई सदस्य थपिएको हो ।

विस्तारित मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरिएको छ ।तर, अझै मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय पाएका छन् भने लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो ।भागवण्डाकै लागि प्रदेश सरकारका केही मन्त्रालय विभाजन गर्ने तयारी भइरहेको छ ।