न्यायालयको समस्या समाधान गर्न सरकार जिम्मेवार भएन : रायमाझी

प्रकाशित मिति:

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् ।नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशहरूलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताए ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानन्यायाधीश जबराको गल्ती भए पनि त्यसको जिम्मेवारी अन्य न्यायाधीशहरूले पनि लिनुपर्ने नेता रायमाझीको तर्क थियो ।

‘जे गलत निर्णयहरू न्यायालयबाट भयो त्यसमा सबै न्यायमूर्तिहरूको सहमति थियो नि । जसजसले सो गलत निर्णय गरेका थिए, ती सबैले कारबाही भोग्नु पर्‍यो नि । सरकारले महाअभियोग लगाउने हो भने लगाउनु पर्‍यो । सरकारको जिम्मेवारी हो नि । दोष एउटा व्यक्तिमाथि थोपर्ने अनि पन्छिन मिल्दैन । निश्चय नै प्रधानन्यायाधीशले गल्ती गर्नु भएको भन्दिन म । अदालतको अनुसन्धानबाट तथ्य आउला । तर सरसर्ती हेर्दा अन्य न्यायाधीशहरूले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ’ उनले भनेका छन् ।

 

यस्तै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसद्‍बाट पारित गर्ने वा नगर्ने भन्नेबारे सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने नेता रायमाझीको अडान थियो।