संवैधानिक परिषदको बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं, २५ मंसिर । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ। पटकपटक स्थगित हुँदै आएको परिषद्को वैठक आज बस्ने भएको हाे । यसअघि यही मंसिर १७ गते बैठक बसे पनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो।

न्यायपरिषद्ले यसअघि नै प्रधानन्यायाधीशका लागि दीपकराज जोशी र चोलेन्द्र सम्शेर जबराको नाम सिफारिस गरेको थियो। जोशी यसअघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि अहिलेका प्रधानन्यायाधीश मिश्रको नाम सिफारिस गरिएको थियो।