रेमिट्यान्स ७.६ प्रतिशतले घट्यो

प्रकाशित मिति:

काठमाडौं । नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार रेमिट्यान्समा कमी आएको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७।६ प्रतिशतले कमी आई रु।२३९ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२।७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७।७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७।६ प्रतिशतले बढेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६।८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८।६ प्रतिशतले घटेको थियो ।

त्यसैगरि, समीक्षा अवधिमा खुद ट्रान्सफर ८।१ प्रतिशतले कमी आई रु।२६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०।२ प्रतिशतले बढेको थियो ।