प्रदेश २ का उद्योगमन्त्री राय बर्खास्त

प्रकाशित मिति:

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन्। नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले मन्त्री रायलाई राजीनामा दिन गएको आइतबार नै निर्देशन दिएका थिए।

तर, उनले उल्टै मुख्यमन्त्री राउतलाई राजीनामा दिनुपर्ने बताएपछि बर्खास्त गरिएको हो।मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।

उनी प्रदेश सरकार स्थापनाको समयमै तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०बाट महेन्द्र राय यादवको कोटामा मन्त्री बनेका थिए।पछि उनी महन्त ठाकुर पक्षको कित्ता फेरेर मन्त्री पद जोगाएका थिए।