एक्सपर्ट मेशनक्लब योजनामा आवद्ध निर्माण व्यवसायीलाई बृजको उपहार

प्रकाशित मिति:

कात्तिक ३० , बुटवल । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले निर्माण व्यवसायीहरुलाई एक्सपर्ट मेशनक्लबमा आवद्ध गरी आफ्ना उत्पादनहरु खरीद गर्नेहरुलाई उपहार प्रदान गरेको छ । बृजको एक्सपर्ट मेशन क्लब योजना अनुरुप विभिन्न चरणमा निर्माण व्यवसायीहरुलाई उत्पादन खरिदको आधारमा त्यस्ता उपहारहरु प्रदान गरेको हो ।क्लबको योजना अन्तरगत मेशनहरु रुपन्देही तिलोत्तमाको सागर ट्रेडीङ्का घम बहादुर थापा , बुटवल कालिकानगरको मणिमुकुन्द सप्लायर्सका हिरा बहादुर थापा , बुटवल नयाँगाउँको भुचन्द्र हार्डवयरका प्रकाश शर्मा , तिलोत्तमा प्रगतीनगरको सापकोटा हार्डवयरका बुद्धध्वोज खत्री, तिलोत्तमा कोटिहवाको भैरव हार्डवयरका खडक बहादुर दर्लामी ,कपिलवस्तु जितपुरको बहुमुखी मल्टी टेडिङ्का तिलक राम पौडेल र कपिलवस्तु ४ नम्बरकै साथीको हार्डवयरका राजकुमार थारुलाई ३२ इन्चको स्मार्ट टिभि वितरण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै बृजको योजनाअनुसार मोवाइल समेत वितरण गरिएको छ ।

कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलका अनुसार वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. अन्तर्गतकाकुनै पनि उत्पादनहरु खरीद गरी योजनामा पर्ने सक्नेछन् । वृज पि.पि.सि.÷ओ.पि.सि.÷पि.एस.सि. एक बोरा सिमेन्टको खरीदमा ४ अंकप्राप्त गरी विभिन्नउपहारहरु पाउन सकिने पौडेलले बताउनु भयो । योजना अन्तरगत १७०० प्वाइन्ट्समा सेफ्टी टुल्स किट, ४ हजार ४ प्वाइन्ट्समा ग्राइन्डर वाभाइब्रेटर, ८ हजार ४ प्वाइन्ट्समा भ्याकुम क्लिनर, १६ हजार प्वाइन्टस् मामोबाइल, ३२ हजार ४ प्वाइन्ट्समा ३२ इञ्च टेलिभिजन, ४८ हजार ४ प्वाइन्ट्समा थाइल्याण्ड भ्रमण र ६० हजार ४ प्वाइन्ट्समा दुवई भ्रमण उपहार रहेको छ ।१७०० प्वाइन्ट्सको लागि ४ सय २५ बोरा, ४ हजार ४ प्वाइन्ट्सको लागि १ हजार १ बोरा, ८ हजार ४ प्वाइन्ट्सको लागि २ हजार १ बोरा, १६ हजार प्वाइन्टस्को लागि ४ हजार १ बोरा, ३२ हजार ४ प्वाइन्ट्सको लागि ८ हजार १ बोरा, ४८ हजार ४ प्वाइन्ट्सको लागि १२ हजार १ बोरा र ६० हजार ४ प्वाइन्ट्सका लागि १५ हजार १ बोरा खरीद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै , बृज सिमेन्टले चरणबद्ध रुपमा देशै भरि निर्माण व्यवसायीहरु संग एक्सपर्ट मिट समेत गरिरहेको छ । विशेषगरी निर्माण व्यवसायीलाई क्लबमा आवद्ध गरी योजनाको बारेमा जानकारी दिन एक्सपर्ट मिट गरिएको कम्पनीका ब्राण्डिङ् म्यानेजर अमित श्रेष्ठले जानकारी दिनु भयो । बुटवल नयाँ गाउँमा रहेको सुपादेउराली हार्डवएर प्रा.लिले पनि बृजको अभियानमा सहयोग गरेको छ । प्रा.लि.ले मेसन मीट कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रा.लीका प्रोप्राइटर मोहन ,बेल्बासे , बाला सिंह भाट , आकाश खनाल र बृजका प्रतिनिधीहरुको उपस्थ्तिीमा एक्सपर्ट क्लबका मेसन जगन्नथ यादबलाई समेत टिभि हस्तान्त्रण गरिएको थियो ।