कर्णाली सरकारमा एकीकृत समाजवादी सहभागी हुँदै, आजै शपथको तयारी

प्रकाशित मिति:

काठमाडौं–कर्णाली प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी सहभागी हुने भएको छ।मुख्यमन्त्री जीवनबहादुर शाहीले समाजवादीका प्रदेश संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई मन्त्रिपरिषदमा सहभागी गराउँदैछन्।उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। तर, यही विषयमा सत्ता गठबन्धनभित्र अन्तिम सहमति हुन बाँकी छ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार शाहीको केहीबेरमा शपथ हुँदैछ। शाहीलाई मन्त्री बनाउन प्रदेश प्रमुखको कार्यालय सिफारिस पठाइसकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।उहाँलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिने कुरा भएको छ। तर, त्यही विषयमा थप छलफल चलिरहेको छ। अन्तिम निर्णय भएको छैनु, मुख्यमन्त्रीनिकट स्रोतले भन्यो।

शाहीले पनि केही कुरा मिल्न बाँकीु रहेको बताए। हामी त्यही छलफलमा छौं। कुरा भइरहेको छु, शाहीले भने।नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कात्तिक १५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गरेका छैनन्।