पोखरीमा पस्दा बेपत्ता सत्यनारायणको शव भेटियो

प्रकाशित मिति:

मङ्सिर २५ कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीया सत्यनारायण महतो कोइरीको शव मंगलबार बिहान फेला परेको छ। स्थानीय रामजानकी मन्दिर छेउस्थित पोखरीको डिलमा सोमबार साँझ क्रिकेट खेलिरहेका बालबालिकाको ब्याट पोखरीमा खसेपछि सो ब्याट झिक्न कोइरी सोमबार पोखरीमा पसेका थिए।

पोखरीको पानी अत्याधिक चिसो भएका कारण सन्तुलन गुमाएपछि उहाँको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ कोइरी पानीमा डुबेको देखेपछि बालबालिकाले स्थानीयवासीलाई खबर गरेका थिए। सोमबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले करीब तीन घण्टा खोजी गरेपनि कोइरीको अवस्था पत्ता लाग्न सकेन। मंगलबार बिहान पुनः खोजी गर्दा पोखरीमा कोइरीको शव भेटिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

रासस