ईन्द्रेणीद्धारा पाल्हीनन्दन र प्रतापपुरका १३ स्वास्थ्य चौकीमा करिब १५ लाखको स्वास्थ्य सुरक्षा समाग्री वितरण,

प्रकाशित मिति:

रामु भुसाल- अस्ट्रेलियन एडको आर्थिक सहयोग र युएमएन र ईन्द्रेणी समाजक विकास मञ्च पञ्चनगरको सहकार्यमा सञ्चालित कोभिड १९ स्वास्थ्य प्रणाली सुधार परियोजना अन्र्तगत बुधबार पश्चिम नवलपरासीको विभिन्न स्वास्थ्य चौकीहरुमा स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको छ । सो परियोजनाद्धारा सञ्चालन कार्यक्रम अन्र्तगत आज मात्रै प्रतापपुर गाउपालिकाका ७ वटा स्वास्थ्य चौकी र पाल्हीनन्दनका ६ वटा स्वास्थ्य चौकी गरि १३ वटा स्वास्थ्य चौकीहरुमा सो स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको हो ।

प्रतापपुर गाउपालिकामा ईन्द्रेणी समाजिक विकास मञ्चकी कार्य समिति सदस्य सहनाज नेसाको अध्यक्षता तथा पालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो भने पाल्हीनन्दनमा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख धर्मदेव पटेलको अध्यक्षता तथा पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका स्वास्थ्य चौकीहरुलाई एन्टिजेन किट, विपि सेट, सेनिटाइजर, थर्मल गन, ग्लब्स, पिपिसेट, सर्जिकल मास्क, भिडियो एक्सरे गर्ने युएसडि मेशिन, पल्स, अक्सामिटर, क्यालोरि मिटर, कोल बक्स, गाउ, श्याङवास लगाएत करिब १५ लाख बराबरको स्वास्थ्य समाग्री वितरण गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि सापकोटा र गौतमले सस्थाद्धारा प्राप्त स्वास्थ्य समाग्रीलाई सही ठाउमा सदुपयोग गरिने र कोभिडको महामारीमा सस्थाले गरेको सहयोग प्रति हार्दिक धन्यबादज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका थिए । कार्यक्रममा युएएमनएनका ईच्छा कुमारी पुन लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन परियोजनाकी कार्यक्रम समयोजक बिणा चौधरी र परियोजनाका फिल्ड सुपरवाइजर सन्तोष कुमार दुबेले गर्नुभएको थियो ।