कञ्चन जेसिजको ब्राण्ड भ्वाइस अफ कञ्चन सिजन ३ को छनौट चरण शुरु

प्रकाशित मिति:

१ मंसिर,कञ्चन- रुपन्देहीको कञ्चनमा रहेको कञ्चन जेसिज बर्ष २०२१ को आयोजनामा कञ्चन जेसिजको ब्राण्डको लरुपमा रहेको भ्वाइस अफ कञ्चन सिजन ३ को लागि छनौट चरणको कार्यक्रम बुधवार देखि शुरु भएको छ। कञ्चन जेसिजका संस्थापक अधयक्ष चुडामणी पौडेलको परिकल्पनामा संचालन गरिएको भ्वाइस अफ कञ्चन सिजन ३ को छनौट प्रतियोगिता लुम्बिनी ज्ञान निकेतन माध्यमिक विधालयमा शुरु गरिएको हो ।

कञ्चन ३, ४ र ५ का सामुदायिक तथा संस्थागत विधालयहरुबाट १५ जना विधार्थीहरुको सहभागिता जनाएका थिए । विधार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराई विधार्थीहरुमा वाक कलाको बिकास गराउने उद्धेश्यले सञ्चालित भ्वाइस अफ कञ्चन सिजन ३ को शुभारम्भ कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष तथा बर्ष २०२१ का आई पि पि बावुराम पौडेलले गर्नु भएको थियो ।प्रतियोगिताको शुभारम्भ गर्दै आई पि पि पौडेलले बिधार्थीहरुमा अनेक प्रतिभा र क्षमताहरु लुकेको हुने र प्रस्फुटन गर्ने ठाउ पाएमा उनिहरुको जिवनमा अकल्पनियय परिबर्तन आउन सक्ने बताउनु भयो । बिधार्थी भित्र हुने असिमित क्षमतालाई प्रस्तुत गर्ने खुल्ला मञ्चको रुपमा कञ्चन जेसिजले ब्राण्डको रुपमा भ्वाइस अफ कञ्चनको परिकल्पना गरिएको कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष तथा बर्ष २०२१ का आई पि पि पौडेलले उल्लेख गर्नु भएको थियो ।प्रतियोगितामा सहभागी बिधार्थी र विधालयहरुलाई धन्यवाद दिदै अध्यक्ष राधिका चौधरीले विधालयमा गुणस्तरिय शिक्षा दिलाउन अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनु भएको थियो । कितावी ज्ञानका लागि एकोहोरो रटान गराएर भन्दा विधालय भित्र नै ब्यबहारिक ज्ञान र सिप हासिल गराउन सकिने अतिरिक्त क्रियाकलापहरुमा जोड दिनु पर्ने बताउदै कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष राधिका चौधरीले विधार्थीहरुको प्रतिभालाई उजागर गराउन र बिषयबस्तु माथी तर्कपुर्ण बहस गर्न सक्ने प्रतिभाहरुको उत्पादनमा सहयोग गराउने उद्धेश्यका साथ वक्तृत्व कला प्रतियोगितामा भ्वाइस अफ कञ्चन परिकल्पना गरिएको बताउनु भयो ।

पहिलो छनौट प्रतियोगितामा मलावरदेबी माध्यमिक विधालयबाट एलिना पुरी, शान्ती भुमि आधारभुत विधालयबाट करिना सापकोटा र किरन सापकोटा, सरस्वती माध्यमिक विधालयबाट सृजना रिजाल र प्रभाव आचार्य, शिसुसदन आधारभुत विधालयबाट सुकमाया श्रेष्ठ र आस्था सुनार, बुद्धदीप बोर्डिङ्ग स्कुलबाट दिपिसा भट्टराई र पुर्णिमा थापा, हरैया माध्यमिक विधालयबाट चिरञ्जिवी ढकाल र सिता पौडेल, लुम्बिनी ज्ञान निकेतन माधयमिक विधालयबाट बर्षा कुंवर र पवन सुवेदी, र झागैरा जनचाहना बोर्डिङ्ग स्कुलबाट रिता शर्मा र रोशा पौडेल सहभागी भएका थिए ।सहभागीहरु मध्येबाट उत्कृष्ट ७ जनालाई मंसिर ११ गते हुने भ्वाइस अफ कञ्चन सिजन ३ को अन्तिम प्रतिस्पर्धामा सहभागी हुने छन। लुम्बिनी ज्ञान निकेतन माध्यमिक विधालयमा भएको छनौट प्रतियोगिताबाट अन्तिम प्रतिस्पर्धामा सहभागीका लागि सुजना रिजाल, सिता पौडेल, प्रभाव आचार्य, पुर्णिमा थापा, आस्था सुनार, पवन सुवेदी रिता शर्मा छनौट भएका छन। दोश्रो छनौट भोली मंसिर २ गते गजेडी माध्यमिक विधालयमा हुने छ।