बैचारिक राजनीति सँगै उधमशिल कांग्रेस निर्माणका लागी यादब कुमार श्रेष्ठको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
बैचारिक राजनीति सँगै उधमशिल कांग्रेस निर्माणका लागी यादब कुमार श्रेष्ठको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी । यादव कुमार श्रेष्ठ स्- नेपाली कांग्रेस स्याङ्जाका युवा नेता।देश भर नेपाली कांग्रेस चौधौं महाधिवेशनको गर्मागर्मी छ । राजनीति गर्ने नेता कार्यकर्ताका लागि ‘एक प्रकारको चाड ’ भएकाले स्याङ्जा कांग्रेसको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया निकै प्रतिस्पर्धात्मक अनि रोचक बन्ने भएको छ । यही अवस्थामा कांग्रेसको सैद्धान्तिक एवं वैचारिक मूल्य र मान्यतालाई आत्मसाथ गर्ने बौद्धिक युवा जगतको पनि पार्टी राजनीतिमा आकर्षण बढेको छ ।पेशागत संगठनहरुमा रहेर कांग्रेसलाई निरन्तर सहयोग गर्दै आएको बौद्धिक युवा जगत अहिले आफै महाधिवेशन प्रतिनिधि हुन अग्रसर भएका छन् । लामो समयदेखि नेपाली कांग्रेसको युवा जुझारु कार्यकर्ता रहेर सक्रिय राजनीति गरिरहेका कतिपय युवा नेताहरुले केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र नगर तथा जिल्लाको नेतृत्वमा दावी गरिहेका देखिन्छन। ती युवा कार्यकर्ताले कांग्रेसलाई भावी दिनमा आइपर्ने चुनौतीहरुको पर्खाललाई तोड्ने लक्ष्य र उद्देश्यले अघि बढेका छन् । ब्यबसाय सँगै समाजसेवीका रुपमा उदयमान भएका ति युवा बौद्धिक जमात सुदृढ र निष्ठाको राजनीतिमा आफुलाई अभ्यस्त बनाउने तर्खरमा केहि सुधारउन्मुख समय अनुकुलको समाजबादी धारलाई टेक्दै कांग्रेस भित्र शुद्धिकरण र सुदृढिकरण अभियानमा सहभागी हुने आशालाग्दो धारणा राखेर अघि बढेका छन् ।
यसै क्रममा स्याङ्जा क्षेत्र नं २ बाट ९जनजाति ०तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका छन्, बिगत झण्डै तिन दशक लामो समयदेखि नेबि संघ हुँदै ,तरुण दल र पार्टीको बफादार सिपाही बनेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भुमिका निर्बाह गरिरहेका यादव कुमार श्रेष्ठ ।श्रेष्ठ को राजनैतिक जिबनको सुरुवात ०५१ साल देखी नेबिसंघमा आबद्ध भएर प्रजातान्त्रिक आन्दोलनमा सतिसाल जस्तै उभिएका थिए । विगतमा लोकतन्त्र माथिको ठाडो हस्तक्षेपका बिरुद्धमा किशोर अवस्थादेखि नै चर्को आवाज उठाउने ब्यक्ति हुन यादब कुमार श्रेष्ठ।नेपाल बिद्यार्थी संघमा आबद्ध भएर राजनीतिक र वाक स्वतन्त्रताका पक्षमा आवाज बुलन्द पार्ने कांग्रेस नेता युवा नेता श्रेष्ठले अहिले ब्यबसाय, समाजसेवा र राजनीतिलाई एकैसाथ अगाडि बढाईरहेका छन् । कांग्रेसको १४ औं महाधिवेशनका सन्दर्भमा स्याङ्जाको सवाललाई लिएर सबल पोस्टले सोधेको प्रश्नमा यसो भन्छन युवा नेता यादव कुमार श्रेष्ठ।।,१. काठमाडौंमा बसेर ब्यबसाय गरिरहेको मान्छे एकैचोटी स्याङ्जा आएर नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका क्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गर्नुभयो त रु
धन्यवाद, जय नेपाल । तपाईंले जुन प्रश्न गर्नुभयो त्यो जायज छ तर म स्याङ्जाली माटोमा जन्मेर हुर्केको मान्छे हु।म जन्मदेखि आज सम्म स्याङ्जामै छु । विगतमा लामो समय म नेविसंघको राजनीति गर्दैगर्दा मैले अनेकन कठिनाइ र अभावको सामना गरेको छु।तै पनि मुलुक बनाउन जहिले पनि नयाँ र माझिएको लोकतान्त्रिक विचारले मात्र सम्भब छ भन्ने म मान्यता राख्ने गर्छु । सोही कारण नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने मेरो बिचार हो।पछिल्लो समय वैदेशिक रोजगारमा जान इच्छुक माध्यमबाट पनि मैले कांग्रेसको राजनीति गरेको छु । कांग्रेसमा वैचारिक बहसको अभाव भएकाले मैले उम्मेदवारी दिएको हुँ । म विगतदेखि वर्तमानसम्म निरन्तर रुपमा पार्टीमा निष्ठा र ईमानको राजनीतिमा क्रियाशील छु ।म सँग अधिकतम युवा कार्यकर्ता आशावादी हुनुहुन्छ । आफूलाई महाधिवेशन प्रतिनिधिको उम्मेदवार सम्झिएर, नेपाली कांग्रेसलाई सुदृढ ढंगबाट अगाडी बढाउने, प्रभावकारी ढंगले पार्टी गतिविधि गतिशील बनाउदै सञ्चालन गर्ने योजनासहित मैदानमा आएको छु । मलाई लाग्छ,म सबैको आशा र भरोसाको उम्मेदवार हो।स्याङ्जामा महामानव जननायक बीपी कोइरालाले भनेजस्तै “कांग्रेसको संगठन हेर्ने हो भने स्याङ्जा जानु” भन्ने भनाइलाई पुर्णत सफल बनाउन, हरेक चुनावमा युवा कार्यकर्तालाई सहि रुपमा परिचालन गर्न मेरो भुमिका महत्त्वपूर्ण हुनसक्छ। सोही कारण पुरी केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि योग्य उम्मेदवार हो भन्ने क्षेत्रीय प्रतिनिधिज्यूहरु, वडा सभापति एवं सबै कांग्रेसीजनहरुलाई लागेको छ भन्ने मलाई लाग्छ ।
अधिकतम स्याङ्जाली बासीले बुझेको कुरा,गाँउटोल घुम्ने एवं भेटघाट अनि अन्तरक्रिया गर्दा यादव कुमार श्रेष्ठको अभाव खड्किने, तपाई जस्तो जुझारु एवं बौद्धिकयुवा नेतृत्व स्याङ्जा कांग्रेसलाई आबस्यक भएको भनेर धेरै साथीहरुले मलाई भन्ने गर्नुभएको छ।२. तपाईलाई लाग्दैन तपाई कम्जोर उम्मेदवार हुनु हुन्छ भन्ने।? स्याङ्जा क्षेत्र न।२मा केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेदवार धेरै देखिन्छन् ।