जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएस कक्षा सञ्चालन हुने

प्रकाशित मिति:

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ ।यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र मंसिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।कर्णालीमा पहिलोपटक एमबीबीएसको अध्ययन शुरूआत हुन लागेको छ । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्ना समेत गरिसकेका प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका डीन डा। रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र ५ जनाले शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिए ।प्रतिष्ठानले ३०० शय्याको अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचार कक्ष (आईसीयू) र ४ शय्याको शल्यक्रिया कक्ष रहेको छ ।चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बीडीएस) पनि अध्यापन हुँदैछ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् ।

१ वर्षदेखि प्रतिष्ठानमा एमडी ५ जना अध्यापन गरिरहेका छन् । ब्याचलर पब्लिक हेल्थ (बीपीएच), स्नातक तहमा सुत्केरी सम्बन्धी कक्षा पनि ३ वर्षदेखि शुरू भइरहेको छ । ती विषयमा २०/२० विद्यार्थी अध्ययन गरिरहेको जनाइएको छ ।सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले विक्रम संवत् २०६८ सालमा प्रतिष्ठानको स्थापना गरेको हो ।