कञ्चन भ्वाइस सिजन ३ को छनौट चरण प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

२ मंसिर,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा सञ्चालित अन्तराष्ट्रिय गैरसरकारी सामाजिक संस्था कञ्चन जेसिजले स्थापना बर्ष देखि संचालन गर्दै आएको फरक ब्राण्डको कार्यक्रम भ्वाइस अफ कञ्चन सिजन ३ को छनौट चरणको प्रतियोगिता सम्पन्न भएको छ ।कञ्चनको लुम्बिनी ज्ञान निकेतन माधयमिक विधालय र गजेडी माध्यमिक विधालयमा गरी दुई स्थानमा सञ्चालन गरिएको छनौट चरणको प्रतियोगिताबाट १० जना प्रतिस्पर्धीहरु अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका छन।

कञ्चनको बिकास, कृषि र पर्यटन बिषयक वक्तृत्वकला प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ११ बिधालयका २२ जना बिधार्थीहरुले छनौट प्रतियोगितामा सहभागिता जनाएकोमा १० जना उत्कृष्ट प्रतिस्पधीको रुपमा अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएको कार्यक्रम संयोजक तथा कञ्चन जेसिज बर्ष २०२१ का कानुनी सल्लाहकार राजन शर्माले जानकारी दिनु भएको छ।
मंसिर २ गते अर्थात दोश्रो दिन गजेडी माध्यमिक विधालयमा भएको छनौट प्रतियोगिताबाट लिटिल रोज बोर्डिङ्ग स्कुलका नलिना सिंजाली, प्रगती मा।बि।का सचिन शर्मा र सफल शर्मा भ्वाइस अफ कञ्चन सिजन ३ को अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएको कार्यक्रम संयोजक तथा कञ्चन जेसिज बर्ष २०२१ का कानुनी सल्लाहकार शर्माले जानकारी दिनु भएको छ। यस्तै पहिलो दिन लुम्बिनी ज्ञान निकेतन माध्यमिक विधालयमा भएको छनौट प्रतियोगिताबाट अन्तिम प्रतिस्पर्धामा सहभागीका लागि सुजना रिजाल, सिता पौडेल, प्रभाव आचार्य, पुर्णिमा थापा, आस्था सुनार, पवन सुवेदी रिता शर्मा छनौट भएका छन।

छनौट चरण अन्तर्गत दोश्रो दिनको कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन जेसिज बर्ष २०२१ का आई पि।पि बाबुराम पौडेलले १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवाहरुको व्यक्तित्व र नेतृत्व बिकास गर्न स्थापित बिशुद्ध गैर नाफमुलक एक सामाजिक संस्था भएको उल्लेख गर्नु भयो । बिधालय तह देखि नै बिधार्थीहरुमा भएको अन्तरनिहित क्षमताको प्रस्फुटन गरी असल नागरिक निर्माण गर्न र उनिहरुको व्यक्तित्वमा बिकास गर्न भ्वाइस अफ कञ्चनको परिकल्पना गरिएको समेत आई पि पि पौडेलले जानकारी गराउनु भयो ।कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीको अध्यक्षता तथा कार्यक्रम संयोजक राजन शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन कार्यकारिणी उपाध्यक्ष बुद्धि प्रसाद रेग्मीले गर्नु भएको थियो ।छनौट चरण प्रतियोगितामा हरैया मा।बि।का कलाधर ढकाल, हिमालय आधारभुत विधालयका पवित्रा शर्मा, बुद्धभुमी आधरभुत विधालयका देवि न्यौपाने र प्रगती नमुना माध्यमिक विधालयका नरनारायण अर्यालले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।

 

कञ्चन जेसिज बर्ष २०२१ ले आफ्नो बार्षिक कार्यक्रम तालिका अनुसार कञ्चनका २ सामुदायिक विधालयका ६० जना विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। बार्षिक कार्यक्रम अन्तर्गत सप्ताह कार्यक्रमको सार्वजनिक गर्दै कञ्चन १ मा रहेको बुद्धभुमी आधारभुत विधालय र गजेडी माध्यमिक विधालयका गरी ६० जना बिपन्न तथा जेहेन्दार विधार्थीहरुलाई एक एक दर्जन अभ्यास पुस्तिका र डटपेन प्रदान गरेको हो ।शैक्षिक सामाग्री प्रदान गर्दै गजेडी माध्यमिक विधालयका प्रधानाध्यापक रेश्मा वाग्लेले सामसदायिक विधालयमा अध्ययन गर्न आउने अधिक्तम बिधार्थीहरुको घर आर्थिक रुपले निकै कमजोर हुने बताउनु भएको छ। आर्थिक रुपमा कमजोर घरपरिवाबाट आएका बिधार्थीहरुको हातमा न झोला हुन्छ नत झोलामा पुस्तक र कपी हुने भएकोले यस्तो अवस्थामा जेसिजबाट भएको सहयोग अति नै प्रभावकारी हुने प्रधानाध्यापक वाग्लेले बताउनु भयो ।कार्यक्रमको औचित्यबारे जानकारी गराउदै कञ्चन जेसिज बर्ष २०२१ का आई पि पि बावुराम पौडेलले कपि कलम नभएकै कारण कुनै पनि विधार्थीहरु विधालय शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यले कञ्चनका दुई सामुदायिक विधालयहरुमा अध्ययन गर्ने बिपन्न तथा जेहेन्दार विधार्थीहरुलाई सहयोग स्वरुप अभ्यास पुस्तिका प्रदान गरिएको बताउनु भयो ।

कञ्चन जेसिज बर्ष २०२१ को साप्ताहिक कार्यक्रमबारे स्थानिय सञ्चारकर्मीहरुका माझ सार्बजनिक गरिएको छ। कञ्चन जेसिज बर्ष २०२१ को बार्षिक कार्यक्रम अन्तर्गत हरेक बर्ष सप्ताहिक कार्यक्रम समेत सञ्चालन गर्दै आएको र यस बर्षको सप्ताहव्यापी कार्यक्रम पनि त्यसैको शिलशिला भएको सप्ताहव्यापी कार्यक्रमका संयोजक तथा कानुनी सल्लाहकार राजन शर्माले बताउनु भएको छ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर २ गते जेसिज सप्ताह उद्धघाटन तथा शैक्षिक सामाग्री वितरण, मंसिर ३ गते भवाइस अफ कञ्चन जेसिज सिजन ३को छनौट प्रतियोगिताबाट छनौट भएका विधार्थीहरुलाई एक दिने व्यक्तित्व बिकास तालिम, मंसिर ४ गते पर्यटन बिकास तथा प्रबद्र्धन बहस, मंसिर ७ गते जेसिजसंग अन्तर क्लव परिचयात्मक कार्यक्रम हुने सप्ताहव्यापी कार्यक्रमका संयोजक तथा कानुनी सल्लाहकार शर्माले स्थानिय सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको छ। यसैगरी मंसिर ८ गते मैत्रिपुर्ण फुटवल प्रतियोगिता, ९ गते खुल्ला रक्तदान कार्यक्रम, मंसिर १०० गते युथ बिजनेस अन्तरक्रिया कार्यक्रम र जेसिज सप्ताह कार्यक्रमको अन्तिम तथा समापन कार्यक्रम भ्वाइस अफ कञ्चन सिजन ३ को अन्तिम प्रतिस्पर्धा प्रगती नमुना माध्यमिक विधालयमा हुने सप्ताहव्यापी कार्यक्रमका संयोजक शर्माले जानकारी गराउनु भएको छ।