नेपाल समाचारपत्रकर्मी नेपालको हृदयाघातबाट निधन

प्रकाशित मिति:

हृदयाघात हुँदा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सिन्धुपाल्चोक जिल्ला संवाददाता नानीराम नेपालको बिहीबार निधन भएको छ । धुलिखेल अस्पतालमा साँझ ५ः३० बजे उहाँको निधन भएको हो ।बलेसी गाउँपालिका–४ घर भएका ३१ वर्षीय नेपाललाई बिहीबार दिउँसो २ः१० मा खाडीचौरमा रहेका बेला एक्कासि हृदयाघात भएको थियो । तत्काल न्यु सदाबहार हस्पिटल खाडीचौरमा पु(याउँदा त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई धुलिखेल अस्पताल रिफर गरिएको थियो ।

‘दोलालघाट आइपुग्दा उहाँको बोली हरायो’, काभ्रे संवाददाता मोतीराम तिमल्सिनाले भन्नुभयो– ‘४ बजे धलिखेल अस्पताल ल्याइपु(याएका थियौं, ५ः३० मा डाक्टरले मृत छोषणा गरे ।’ नेपालको परिवारमा आमा–बुबा, श्रीमती सुशीला तथा ६ वर्षीया छोरी र डेढ वर्षीय छोरा रहेका छन् ।

उहाँ पत्रकार महासंघ सिन्धुपाल्चोकको सहसचिव पनि हुनुहुन्थ्यो । त्यस्तै, अल्पाउमै संसार छाडेको उहाँका आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै बिहीबारै नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले शोक विज्ञप्ति जारी गरेको थियो ।