नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५(क)को नेतृत्वका लागि निर्वाचन हुने

प्रकाशित मिति:

२ मंसिर,कञ्चन-नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेसनका लागि मंसिर ३ गते ७७ वटै जिल्लाका प्रदेश स्तरिय क्षेत्रिय अधिबेशन हदैछ। प्राय जिल्लाहरुमा नेतृत्वका लागि सर्ब सम्मत हुन सकिरहेको छैन । मतदान प्रक्रिया शुरु हुनु भन्दा समय अगाडी सम्म सर्बसहमती मार्फत नेतृत्व चयनका लागि अन्तिम अभ्यासमा कांग्रेस नेतृत्वले कसरत गरेका छन। सकेसम्म पार्टी नेतृत्व चुनावी माध्यमबाट नेतृत्व चयन गर्नु भन्दा सर्बसहमतीको अभ्यासलाई प्राथमिकता राखे पनि नेतृत्वका आकांक्षीहरु धेरै भएका कारण यो समाचार तयार गर्दा सम्म केही जिल्लाका प्रदेशका क्षेत्रहरुमा सर्ब सहमती मार्फत नेतृत्व चयन भएको भने अधिक्तम क्षेत्रहरुमा त्यो हुन सकिरहेको छैन।

रुपन्देहीको निर्वाचन क्षेत्र नं। ५ ९ख०मा सर्बसहमतीमा नेतृत्व टुङ्गो लागिसकेको छ भने ९क०मा सर्बसहमती हुन सकेको छैन। नेपाली कांग्रेस रुपन्देही जिल्ला सहसचिव सुनिल मरासिनीले दिनु भएको जानकारी अनुसार क्षेत्र नं। ५ ९क०मा बर्तमान सभापति राम बहादुर थापा र गुरु पराजुलीको प्यानल बिच प्रतिस्पर्धा हुने भएको छ। सकेसम्म सर्ब सहमती बनाएर क्षेत्र नं। ५९क०बाट पार्टी एकताको शुभ सन्देश सञ्चार गरौं भन्ने अन्तिम प्रयास भइरहेको छ तर नेतृत्वका आकांक्षी धेरैमा भएपनि अन्तिम समयमा २ समूह बिच मतदानको माध्यमबाट नेतृत्व चयन गर्न जातान्त्रिक पद्धती उपयोग हुने नेपाली कांग्रेस रुपन्देही जिल्ला सहसचिव मरासिनीले जानकारी दिनु भएको छ।भोली सम्म समय बांकी रहकोले सहमतीको अन्तिम प्रयास जिवितै रहेको बताउदै मरासिनीले क्षेत्र नं।

५ ९क०मा सभापति सहित २३ वटै पदमा मतदानको प्रक्रियामा जाने दुबै समूह तयारी रहेको बताउनु भएको छ। नेपाली कांग्रेस रुपन्देही जिल्ला सहसचिव मरासिनीका अनुसार सभापति पदका उमेद्धार राम बहादुर थापा (कञ्चन ३) को प्यानलबाट उपसभापति पदमा नारायाण प्रसाद पन्त (सैनामैना ११), र तिर्थी कुमारी थरुनी (कञ्चन २), सचिव पदमा चित्र तुलाचन (कञ्चन १) र चुरामणी भुसाल (सैनामैना १०) र सहसचिवमा मिना पौडेल (कञ्चन) र टीकाराम न्यौपाने (सैनामैना ७) उमेद्धार बनेका छन भने सभापति पदका अर्का उमेद्धार गुरु पराजुली (सैनामैना ८)को प्यानलबाट उपसभापतिमा राधिका चौधरी ९कञ्चन २० र हिमलाल अर्याल सैनामैना ११०, सचिव पदमा पिताम्वर ज्ञवाली ९ सैनामैना ६० र मोती बहादुर थापा (कञ्चन ३) तथा सहसचिवमा नारायाण प्रसाद गैरे ९सैनामैना ७० र मदन पौडेल ९सैनामैना ५० चुनावी प्रतिस्पर्धामा रहेका छन।रुपन्देही क्षेत्र नं। ५ (क) को क्षेत्रिय अधिबेसन कञ्चन गाउपालिकाको सामुदायिक सभाहल कञ्चन ४, दियोमा बिहान ११ बजे हुने नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं। ५ ९क०ले जानकारी दिएको छ।