मोदीद्वारा तीनवटै कृषि कानुन फिर्ता लिने घोषणा

प्रकाशित मिति:

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित तीनवटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन्।प्रधानमन्त्री मोदीले आज देशका नाममा संबोधन गर्दै भने, ‘आज तपाईंलाई, पुरै देशलाई यो बताउन आएको छु कि हामीले तीनवटै कृषि कानुन फिर्ता लिने निर्णय गरेका छौं । यस महिनाको अन्त्यमा सुरु हुन लागेको संसदको सत्रमा हामी तीनवटै कृषि कानुन रद्द गर्ने संवैधानिक प्रक्रिया पुरा गर्नेछौं ।’

उनले थप स्पष्ट पार्दै भने, ‘हाम्रो सरकार किसानको कल्याणका लागि, खासगरी साना किसानको कल्याणका लागि, देशका कृषि जगतको हितमा, देशको हितमा, गाउँका गरिबको उज्वल भविष्यका लागि पूरै सत्य निष्ठापूर्वक किसानप्रति समर्पणभावले राम्रो नियतले यो कानुन ल्याएको थियो ।’

उनले आफूहरुले अनेक प्रयासका बाबजुद किसानलाई सम्झाउन नसकेको बताए । उनले कृषि अर्थशास्त्री, वैज्ञानिक र प्रगतिशील किसानले पनि कृषि कानुनको महत्त्व सम्झाउने सक्दो कोशिस गरेको बताए । उनले किसानको स्थिति सुधार्नका लागि देशमा तीन कृषि कानुन ल्याएको बताए ।भारतमा ल्याइएको कृषि कानुनको विरोधमा कृषकहरुले लगातार विरोध प्रदर्शन गर्दै आएका थिए ।