सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने

प्रकाशित मिति:

देशको प्रशासकीय केन्द्र सिंहदरबारभित्र छिर्न पत्रकार र सर्वसाधारणलाई कडाइ गरिने भएको छ।

गृह मन्त्रालय स्रोतकाअनुसार सिंहदरबारभित्र छिरेर जुन मन्त्रालयको पास छ सो मन्त्रालयमा मात्र जान पाइनेछ।

एक मन्त्रालयको पास लिएर अर्को मन्त्रालयमा जाने आगन्तुकलाई कर्मचारीले ‘रेस्पोन्स’ नै गर्ने छैनन्। गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले एउटा पासले भित्र पसेर विभिन्न मन्त्रालय छिर्ने कुरालाई व्यवस्थित गर्न नयाँ नियम ल्याउन लागिएको जानकारी दिए।

‘यो पहिलादेखिकै योजना हो। बाहिरतिरका देशमा पनि यस्तो व्यवस्था हुन्छ,’ प्रवक्ता सुवेदीले भने,‘सेवालाई चुस्त बनाउने यो नियम यथाशीघ्र लागू गर्ने तयारीमा छौं।’

उनले पत्रकारका लागि पनि यो नियम लागू हुने बताए।