झापाबाट आयो दु:खद खबर : ट्रकको ठक्कर बाबु र छोराको मृत्यु

२५ मंसिर २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
12 Shares


दमक, २५ मङ्सिर – भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् ।

ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए । एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • चौधरी फाउण्डेशनद्वारा मन्त्री बराल मार्फत अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
  • तरूण विभागद्वारा कालिन्चोकका बाढीपिडितलाई राहत हस्तान्तरण
  • शेयर बजारमा अनलाइन प्रयोगकर्ता ५७ हजार
  • प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि
  • पश्चिम नवलपरासीमा शनिबार देखी एक हप्ता सम्म निषेधाज्ञ
  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ
  • रुपन्देहीमा थप ११ जनामा कोरोना संक्रमण
  • सिन्धुपाल्चोक पहिरो : चारको शव भेटियो, ३४ बेपत्ता
  • लायन्स क्लब अफ बुटवल जितगढीद्वारा गुल्मीका पहिरो पीडितलाई सहयोग !
  • घ्याल सुम्दो सेवा संस्था अमेरिकाको बैठक सम्पन्न,महासचिवमा छोन्जोम लामासहितका पदाधिकारीहरु…